वर्ष २०२० मा इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहकाे हत्या भयाे। इरानले घटनामा इजरायलकाे संलग्नता रहेकाे बताए पनि हालसम्म यसकाे पुष्टि हुन सकेकाे छैन। उता इजरायलले पनि आरोपकाे खण्डन गरेकाे छैन।
इरानले इजरायल तथा निर्वासित विपक्षी समूह मिलेर आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरेको आरोप लगायो। परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको अन्त्येष्टिका क्रममा इरानी सुरक्षा निकायका प्रमुख अली शामखानीले यस्ताे आरोप लगाएका हुन्। त्यस्तै इरानले आफ्ना परमाणु वैज्ञानिककाे हत्याकाे बदला लिने समेत बताउकाे छ।