दिनहुँजसो हुने सडक दुर्घटनाबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको यथार्थ हामीसामु छ। यस वर्षभित्र पनि ठूला-साना गरि थुप्रै दुर्घटनाहरू भए। सडक दुर्घटनाहरू, हवाई जहाज दुर्घटनाहरू, डुंगा दुर्घटनाहरू एवं भूकम्पका कारण पनि भौतिक एवं मनावीय क्षति भएको छ। यहाँ त्यस्ता दुर्घटनाहरूको सूचाकक्षर गरिएको छ।
इरानमा युक्रेनको विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भयो। सो विमानमा भुलबस इरानले क्षेप्यास्त्र प्रहार गरेको थियो। लेबनानमा विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट हुँदा २०० जनाको मृत्यु भयो। टर्कीमा गएका ७ र ६.८ रेक्टर स्केलका भूकम्पमा ७० जनाको मृत्यु भयो भने १५ सय घाइते भए। पाकिस्तानमा भएको विमान दुर्घटनामा ९९ जना मारिए। भारतको केरलामा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो भने १०० जना घाइते भए। सेनेगलको समुद्रमा डुङ्गा डुब्दा १४० जनाको मृत्यु भयो। यस्देतै, शभित्र पनि सडक दुर्घटनाको संख्या उल्लेखनीय रह्यो।