वर्ष २०२० मा भारत र चीनकाे सम्बन्ध निकै उतारचढावपूर्ण रह्याे। भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भएकाे सङ्घर्षमा दुवैतर्फका सैनिकहरू हाताहत भएपछि स्थिति बिग्रिएकाे थियाे।
भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा लामो सैन्य सङ्घर्ष हुँदा कैयाैँ सैनिक हताहत भए। भारतले 'दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थिति सामान्य बनाउन वार्तामा रहेको' बताउँदै गर्दा दुवैतर्फका सैनिकहरूको मृत्यु भएको समाचारहरू बाहिर आएका थिए। स्थिति सामान्य पार्न विभिन्न तहमा वार्ता भए पनि स्थिति सामान्य भइसकेकाे छैन।
त्यस्तै दुई देशहरू बीच व्यापारका क्षेत्रमा पनि तानातानी बढेकाे छ। भारतले चीन सम्बद्ध विभिन्न एपहरूलाई प्रतिबन्ध लगाएकाे छ।