संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थाले : गगन थापा

नेपालगन्ज, पुस १३

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधी सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थालेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे ।  

‘यो सर्वसत्तावादी र अधिनायकवादी कदम हो, यो कदमले नेपाललाई ठुलो अराजकतातर्फ लिएर जादैछ, ठुलो अनिश्चिततातर्फ लिएर जादैछ, यो नेपालमाथीको  ठुलो षडयन्त्र हो,’ उनले भने । जनमतको सुबिधा, संसदभित्रको गणितको सुविधा र देश तथा विदेश सबैतिरको अनुकुल वातावरण पाउँदै गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेकपाबाट निर्वाचित प्रधानमन्त्री ओलीले संबिधान र ब्यवस्थाप्रति विश्वासघात गरेको पुर्वमन्त्री थापाले बताए । ‘यो संविधान र ब्यवस्था प्रतिको विश्वासघातले गर्दा आज सिंगो ब्यवस्थामाथी नै प्रश्न उठिरहेको छ,’ उनले थपे ।

प्रधानमन्त्रीको अधिनायकवादी कदमबाट जनताको विश्वास डगमगाइरहेको कांग्रेस नेता थापाले जोड दिए । संसदभित्र टाउको गनेर प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अहिले टाउको गन्दाखेरी संख्या कम हुँदा मैदान छाडेर भागेको उनले आरोप लगाए । देशको सबैभन्दा सर्बोच्च पदमा बसेका राष्ट्रपति र सर्बोच्च पदमा बसेका प्रधानमन्त्रीले नेपाली जनतासँग कपटी, जाली र फट्याई गर्ने काम गरेको कांग्रेस केन्द्रिय सदस्य थापाले आरोप लगाए ।  

उनले भने, ‘यो नेपाली जनतालाई हेपेको हो, यस्तो हेप्न त हिजोका राजा ज्ञानेन्द्रले पनि आँट गरेका थिएनन्, यो तपाईलाई हेपेको हो, यो मलाई हेपेको, यो हामीलाई हेपेको, यो नेपाली जनताको विवेकलाई हेपेको हो, हाम्रो स्वाभिमानलाई हेपेको हो ।’ प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले पार्टीभित्रको झगडा मिलाउन नसकेर त्यसको भारी नेपाली जनतालाई बोकाउने काम गरेको नेता थापाको भनाई छ । ‘यो घटनाको दोषी नेपालको प्रधानमन्त्री , यो अपराधको मतियार नेपालको राष्टपति हुन्, पार्टीभित्रको कलह मिलाउन नसक्ने, पार्टीभित्रको हिसाब किताब मिलाउन नसक्ने अनि त्यसको भारी तपाई हामीले बोक्नुपर्ने ?’ उनले प्रश्न गर्दै भने ।

प्रधानमन्त्री र राष्ट्रपतिले सिंगो संसदलाई विघटन गरेर संबिधानलाई नै दुर्घटनातर्फ लिएर जान थालेको नेता थापाले टिप्पणी गरे ।  

अर्को प्रसंगमा तत्कालिन नेकपा एमाले र माओबादीबीचको एकिकरण आलु र काउली जस्तै भएको भन्दै उनले ब्यंग्य गरे । ‘त्यो अप्राकृतिक र अपराधिक गठबन्धन केवल सत्ता गठबन्धनका निम्ति मात्रै थियो, सत्ता स्वार्थका निम्ती मात्रै थियो,’ थापाले भने । स्थिरताको र समृद्धिको नारा दिएर आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पतन देखेर यो ब्यवस्थाप्रति जनताको विश्वास नगुमोस् भन्नेमा कांग्रेस चिन्तित रहेको उनले बताए । प्रधानमन्त्री ओलीको असम्बैधानिक कदमविरुद्ध कांग्रेस एक ढिक्का भएर उभिएको केन्द्रिय सदस्य थापाको दाबी छ । कांग्रेस क्षेत्र नम्बर २ बाँकेका सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको बिरोध सभामा कांग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी र नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टले कम्युनिष्टले नेपाली जनतालाई धोका दिएको बताए ।  

यो पनि पढ्नुहोस्

काङ्ग्रेसको चिन्ता ओलीले लिनुपर्दैनः गगन थापा

 

प्रकाशित: १३ पुस २०७७ १८:०२ सोमबार

सम्बन्धित सामग्री

गगनले प्रधानमन्त्री ओलीलाई भने, 'सरकार चलाउन मन नलागे खुरुक्क घर जाने, नभए वन'

काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेकाले सरकारमा बसिरहने हैसियत गुमाएको बताएका छन्। काँग्रेस जिल्ला कार्यसमिति चितवनले आज भरतपुरको चौबिसकोठीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले बताएका हुन्। संविधानमा हुँदै नभएको व्यवस्था लागू गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक

पहिलो पोस्ट

श्रीमानहरुलाई खासखुसले प्रभावित नगरोस : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अनाधिकृत र अराजनीतिक भएको बताएका छन।

नागरिक दैनिक

गगन थापाको दाबी– प्रधानमन्त्री ओलीले अनधिकृत काम गरे, अब घर पठाउनुपर्छ

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अनधिकृत काम गरेको बताएका छन् ।

नयाँ पत्रिका

प्रतिनिधिसभा विघटन मुलुकलाई बचाउन गरिएको बाध्यात्मक कदम : मन्त्री ज्ञवाली

पाल्पा : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदनमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दी गरेर काम गर्न अवरोध सिर्जना भएपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन्। उनले प्रतिनिधिसभा विघटन संवैधानिक र लोकतान्त्रिक भएको पनि दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्…

थाहा खबर

गगन थापाको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपट गरे

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थालेको बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे।

नागरिक दैनिक

संसद पुनर्स्थापनाको मुद्दा नवोकेपछि कांग्रेसमा आन्दोलनको एजेण्डा के ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेसले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादको अभ्यास’ भन्दै आलोचना गर्यो । केन्द्रीय सदस्य गगन थापाले संसद विघटन गर्ने निर्णय विरुद्ध सडकमा जानुको विकल्प ...

नेपाल आज

राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्र होइन साझेदार : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीको अहंकारले आजको अवस्था आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आयोजित विरोध सभामा बोल्दै थापाले प्रधानमन्त्रीले लोकतन्त्रको तालाचाबी नै फोडेको बताए।

नागरिक दैनिक