२ अर्ब पूँजी पुर्‍याउन नसकेको बीमा संस्थानलाई ५ अर्बको दबाब, ४९ % आईपीओ जारी गर्न सक्ने

काठमाडौं । जीवन बीमा कम्पनीहरूले कायम गर्नुपर्ने साबिककै २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउन नसकेको राष्ट्रिय बीमा संस्थानलाई अबको १ वर्षमा चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउने काम निकै चुनौतीपूर्ण देखिएको छ । २०७९ चैतभित्र तोकिएको चुक्ता पूँजी कायम गर्न संस्थानले कमिटी नै गठन गरेर गृहकार्य थालेको छ । संस्थाको आइतवार सम्पन्न सञ्चालक समिति बैठकले पूँजी वृद्धिको योजना बनाउन कमिटी गठन गरेको हो ।  संस्थानका प्रशासक कविप्रसाद पाठकले नियमनकारी निकाय बीमा समितिले यसअघि तोकेको चुक्ता पूँजी नै कायम गर्न नसकेको बेला ५ अर्ब पुर्‍याउनु संस्थानका लागि निकै चुनौतीपूर्ण हुने बताए । पछिल्लो वर्षको वार्षिक लेखापरीक्षण सम्पन्न गर्न सके पूँजी वृद्धिका लागि आईपीओसहितको योजना बनाएर अघि बढ्ने उनले बताए । यसअघि सर्वसाधारणलाई ३० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सँगै बोनस र हकप्रद शेयरमार्फत पूँजी वृद्धि गर्ने योजना बनाएको संस्थानले ५ अर्ब पूँजी कायम गर्न सर्वसाधारणलाई आईपीओमार्फत विक्री गर्ने शेयरको अनुपात ४९ प्रतिशत पुर्‍याउन सक्ने पाठक बताउँछन् । तर, यी सबै कार्ययोजना संस्थानले गठन गरेको कमिटीले गृहकार्य गरेपछि मात्र सार्वजनिक गर्ने पाठकले जानकारी दिए ।  बीमा समितिले २०७४ सालदेखि नै बीमा कम्पनीहरूको पूँजी वृद्धिमा जोड दिँदै आएको छ । यसअघि समितिले २०७४ साल असार मसान्तसम्म जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।  समितिले गत चैत १० गते एक निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवनलाई २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न भनेको छ । त्यसका लागि समितिले बीमा कम्पनीहरूलाई आगामी २०७९ चैत मसान्तसम्मको समय दिएको छ ।  यो निर्देशन सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान र निर्जीवनको हकमा सरकारी स्वामित्वकै राष्ट्रिय बीमा कम्पनीलाई बढी चुनौतीपूर्ण देखिएको छ । अन्य कम्पनीले यसअघि समितिले तोके बमोजिमको चुक्ता पूँजी कायम गरिसकेका छन् । नयाँ बीमा कम्पनीमध्ये धेरैजसोले आईपीओ जारी गरी तोके बमोजिमको पूँजी कायम गरेका छन् । केही कम्पनीको आईपीओ बाँकी छ । त्यसो त निजीक्षेत्रका बीमा कम्पनीहरूले पनि पूँजी वृद्धिका लागि समितिले तोकेको समयसीमा ज्यादै छोटो भएको गुनासो गरेका छन् ।  संस्थानले पछिल्लो ६ आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा गर्न बाँकी छ । आव २०६८/६९ सम्मको मात्र सभा सम्पन्न गरेको संस्थानले त्यसयताको साधारणसभा यसै आर्थिक वर्षभित्र गर्ने लक्ष्य लिएको छ । संस्थानले गत भदौ २६ गते तीन आव २०६६/६७, २०६७/६८ र २०६८/६९ को साधारणसभा संयुक्त रूपमा सम्पन्न गरेको थियो । संस्थानले पुराना हिसाबकिताबको तथ्यांक व्यवस्थित नभएको र कतिपय अभिलेख नै नष्ट गरेकाले पुराना आवको लेखापरीक्षण हुन ढिलो भएको जानकारी दिएको छ । हाल संस्थानले वित्तीय व्यवस्थापन डिजिटल प्रविधिबाट गर्दै आएकाले आगामी दिनमा यो समस्या नदोहोरिने अधिकारीहरूको दाबी छ । संस्थानले आव २०६९/७०, २०७०/७१ र २०७१/७२ को लेखापरीक्षण सम्पन्न गरी बीमा समितिबाट स्वीकृति लिइसकेको जानकारी दिएको छ । बीमा समितिले संस्थानको पूँजी वृद्धि योजना अघि बढाउन पछिल्लो आर्थिक वर्षसम्मको यथार्थ वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम पछिल्लो यथार्थ वित्तीय विवरण तयारीमा सक्रियताका साथ काम गरिरहेको संस्थानले बताएको छ । संस्थानको चुक्ता पूँजी हाल १८ करोड १० लाख २० हजार रुपैयाँ मात्र छ । संस्थान छुट्टै ऐनबमोजिम सञ्चालन भइरहेको छ । उक्त ऐनमा ५० करोड रुपैयाँ मात्र चुक्ता पूँजी भए पुग्ने व्यवस्था छ । तर, बीमा कम्पनीहरूको नियामक निकायको निर्देशन पालना गर्न संस्थानले आगामी १ वर्षभित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्नेछ ।  पूँजी वृद्धिका लागि संस्थानले आईपीओलाई प्राथमिकतामा राखेको छ । थप पूँजीका लागि बोनस र हकप्रद शेयरलाई माध्यम बनाउने योजना बनाएको छ ।

सम्बन्धित सामग्री

आईपीओमार्फत उठाएको प्रिमियम रकमबाट बीमा कम्पनीले बोनस सेयर दिन नपाउने

१९ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओमार्फत उठेको प्रिमियम रकम तत्काललाई जगेडा कोषमा राख्न निर्देशन दिएको छ । प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीहरूलाई प्राधिकरणले बुधबार पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । यसको अर्थ त्यो रकमबाट बीमा कम्पनीहरुले बोनस सेयर दिन नसक्ने भएका छन् । संसद्को […]

हिमालयन रिइन्स्योरेन्सले मङ्सिर २७ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मङ्सिर २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने कम्पनीले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म विक्री गरिसकेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो । पहिलो चरणका विक्री गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी २ करोड ४९ लाख कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ पनि छिटो अवधि पुस १ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्तरूपमा सुरक्षित रहेको संकेत गर्दछ । धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा यो कम्पनी भित्रिन लागेको हो ।  यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । यो कम्पनी २०७८ असार ३१ गते तत्कालीन बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

महालक्ष्मी लाईफले ९० करोड बराबरको आईपीओ जारी गर्ने

वैशाख २५, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रू. ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आइतवार काठमाडौंको कमलपोखरीस्थित होटल हुकुम, दरबारमा विशेष साधारण सभा सम्पन्न गरी आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।  नयाँ जीवन बीमा कम्पनीहरु मध्येकै कान्छो कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिको निर्देशन बमोजिम पूँजी वृद्धिका लागि आईपीओसहितका योजना अघि सारेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीलाई रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नु पर्नेछ । सोही बमोजिम पूँजी कायम गर्ने योजना अनुसार आइतवारको सभाले अधिकृत पूूँजी रू. ५ अर्ब र जारी पूँजी रू. ३ अर्ब कायम हुने गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको छ ।  पूँजी वृद्धिका लागि आईपीओ सहित तथा मर्जर तथा प्राप्ति प्रक्रियालाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । आगामी दिनमा एउटै प्रकृतिका कम्पनीबिच मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ । पूँजी वृद्धि योजना बमोजिम अघि बढ्न आइतवार विशेष साधारण सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको ५८ औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटीसमेत गठन गरेको छ । बीमा समितिले गत चैत्र १० गते पूँजी वृद्धिका लागि सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । पहिलाकै व्यवस्था बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न बाँकी यस कम्पनीले विषेश साधारण सभा गरेर पूँजी वृद्धिको योजना कार्यान्वयनको बाटो खुला गरेको हो ।

महालक्ष्मी लाइफले ९० करोडको आईपीओ जारी गर्ने

२५ वैशाख, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आइतबार सम्पन्न महालक्ष्मीको विशेष साधारणसभाले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर -आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको हो । यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको थियो । आईपीओ जारी गरी नसक्दै बीमा […]

आई.एम.ई.लाइफ इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो आईपीओ जारी गर्ने प्रस्ताव

वैशाख १५,  काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्सको  चौथो वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ ।   सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/ गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ । सभाका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष डा रामहरि आर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिएको बताए । सभाले नयाँ  सञ्चालक समिति पनि गठन गरेको छ ।

यी हुन् आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु(अर्काइभबाट)

असोज २६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गरिसकेको छ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

शब्द चित्र  : आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु

असोज १६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

अन्तत : एलआईसीले आईपीओ जारी गर्न पायो अनुमति

भदौ १७, नयाँदिल्ली । बहुप्रतिक्षित भारतीय जीवन बीमा निगमले(एलआईसी) ले अन्तत : आईपीओ जारी गर्न अनुमति पाएको छ । हालैमात्र भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीलाई आईपीओ ल्याउन  केन्द्रीय मन्त्रिपरिषद्ले अनुमति दिएको हो । यद्यपि उक्त कम्पनीको १ लाख करोड कित्ता आईपीओ कहिले आउने हो भन्ने बारेमा मिति भने तय भएको छैन । आईपीओ जारी गर्न  स्वीकृति पाएपनि अब केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले कम्पनीको आईपीओको आकार र मूल्यको बारेमा थप निर्णय लिने समाचार भारतीय सञ्चारमाध्यमहरुले छापेका छन्  । साथै उक्त कमिटीले आईपीओ जारी गर्ने मिति पनि तय गर्ने छ । भारत सरकारको उक्त कम्पनीमा  शतप्रतिशत लगानी रहेको छ।   यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने पनि बताइएको छ। समाचार एजेन्सी पीटीआईले एकअधिकारीलाई उद्धृत गर्दै बताएअनुसार कम्पनीको आईपीओको प्रत्याभुतिकर्तामा गोल्डम्यान श्याख्स, जेपी मोर्गन, आईसीआई सिक्योरिटीज, कोटक महिन्द्रा क्यापिटल, जेएम फाइनान्सियल, सिटी ग्रुप, नोमुरा होल्डिंग्ससमेत १० ओटा बैंकर्सलाई छनौट गरिएको छ । तर कतिपयले उक्त कम्पनीको आईपीओ सन् २०२२ को अन्त्यसम्ममा आउन सक्ने बताएका छन् । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि पनि सुरक्षित राखिने बताइएको छ । कम्पनीले दुई पटक गरेर आईपीओ जारी गर्ने योजना बनाइरहेको छ ।  सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानूनहरु पनि संशोधन गरिसकेको छ ।उक्त कम्पनीको भारतमा मात्रै २८ दशमलव ८ करोड पोलिसी होल्डर्स रहेका छन् ।कम्पनीले जारी  गर्न लागेको उक्त आईपीओबाट खासगरी पोलिसी होल्डर्सले निक्कै लाभ उठाउन सक्ने बताइएको छ ।  उक्त कम्पनीले नेपालमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको नामबाट बीमा सम्वन्धि कारोबार गरिरहेको छ ।  भारतीय जीवन बीमा निगम (एलआईसी) को लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ । एजेन्सीहरु