छोटकरीमा २०२० : नेपालको अर्थतन्त्र

सन् २०२० मा अर्थतन्त्रका क्षेत्रमा भएका विभिन्न गतिविधिहरूलाई यहाँ समावेश गरिएको छ। केाराेनाका कारण २०२० मा अर्थतन्त्रमाथि संकुचन आयाे।



क. अर्थमन्त्रीका निर्णय, कर नीति इत्यादि :

सरकारले नेपालमा हवाई उद्योगसँग सम्बन्धित जुनसुकै काममा २ अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई आयकरमा ५ वर्षसम्म शतप्रतिशत छूट दिने निर्णय गरेकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदाले यस्तो प्रावधान समेटेको हो।



ख. आर्थिक विवादहरूः



ग. प्रधानमन्त्री रोजगार कार्यक्रम



घ. लेखा परीक्षण र गतिविधिहरू :



ङ. वार्षिक बजेट :

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सङ्घीय संसद्‌मा प्रस्तुत गरेका छन्।

गत आर्थिक वर्षमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले प्रस्तुत गरेको बजेट १२ खर्ब ७८ अर्ब रुपैयाँको थियो।

सरकारले आठ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ भने बाँकी अनुदान अनि आन्तरिक र विदेशी ऋणबाट उठाउने जनाइएको छ।

अघिल्लो वर्ष सात प्रतिशतमा उक्लिएको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ६ प्रतिशतभन्दा कम हुने जनाएको सरकारले बजेटमा आगामी वर्ष आर्थिक वृद्धि दर ८ प्रतिशतमा उक्लने जनाएको छ।

विकासका लागि पूँजीगत भनिने खर्च तीन खर्ब १३ अर्ब रुपैयाँ छुट्ट्याइएको छ भने चालु खर्चको शीर्षकमा आठ खर्ब ४५ अर्ब रुपैयाँ राखिएको छ।

सङ्ख्यामा बजेट

  • कुल विनियोजित रकम: १३ खर्ब १५ अर्ब रुपैयाँ
  • कुल पुँजीगत/विकास खर्च: ३ खर्ब १३ अर्ब (झन्डै २४%)
  • कुल चालु/नियमित खर्च: ८ खर्ब ४५ अर्ब (६४.३%)
  • वित्तीय व्यवस्था: १ खर्ब ५५ अर्ब
  • राजस्व अनुमान: ८ खर्ब ३१ अर्ब
  • विदेशी अनुदान: ५८ अर्ब
  • विदेशी ऋण: २ खर्ब ५३ अर्ब
  • आन्तरिक ऋण: १ खर्ब ७२ अर्ब
  • आर्थिक वृद्धिको लक्ष्य: ८ %
  • मुद्रास्फीतिको लक्ष्य: ६.५ %

(स्रोत: अर्थ मन्त्रालय)



च. मौद्रिक नीति :

आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गर्यो। चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई थप कडाइ गरिएको छ।

ब्याङ्कहरूले आफूले प्रवाह गर्ने कुल कर्जाको अनुपात कृषि क्षेत्रमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ।

कृषि क्षेत्रमा लगानीको अगुवाइ सरकारी स्वामित्व रहेको कृषि विकास ब्याङ्कले गर्नुपर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

त्यस्तै नेपाल राष्ट्र बैंकले 'कृषि बन्ड' जारी गर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ।



छ. शेयर बजार :

बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो।


व्यवस्थाअनुसार ओभरड्राफ्टसहित जुनसुकै शीर्षकका व्यक्तिगत कर्जा प्रतिग्राहक ५० लाखसम्म मात्र पाइन्छ। जसमा निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, टर्म लोन तथा सेयर धितो कर्जालगायत हुन्। यसअघि ओभरड्राफ्टमा मात्र क्याप तोकिएको थियो।



ज. नेपालले पाएको आर्थिक सहयोग (ऋण) :

सरकारले सोसक–विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट २३ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । यस्तै सरकारले नर्वे सरकारले दिने भनेको ४ अर्ब १८ करोड बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। 



झ. आर्थिक वृद्धिदर:

विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको थियो।यसबाट पनि ०.५ प्रतिशत थप आर्थिक वृद्धि खुम्चिन सक्ने बैंकले जनाएको थियो। सन् २०१९ मा ४.६ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२० मा ६.६ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकको छ।



सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक