छोटकरीमा : समाज २०२०

समाज



क. मानव सूचकांकमा नेपालको स्थिति:

नेपालले मानव विकास सूचकांक (एचडिआई)मा थप सुधार गरेको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक ०.५८७ छ । यो अघिल्लो वर्ष सन् २०१९ को तुलनामा ०.०८ अंकले बढी हो । एचडिआई शून्यदेखि १ बीचको अंकमा गणना हुन्छ । १ अंकबाट जति नजिक एचडिआई भयो, त्यति नै मुलुक आर्थिक तथा सामाजिक रूपमा विकसित भएको मानिन्छ । 

नेपालको असमानतासहितको मानव विकास सूचकांक मूल्य भने ०.४४४ रहेको छ । यसलाई औसत राष्ट्रिय औसत मान्दा ग्रामीण क्षेत्रको सूचकांक मूल्य ०.४३१ र सहरी क्षेत्रको ०.४८७ देखिएको छ । त्यस्तै, हिमाली, पहाडी र तराई क्षेत्रको क्रमशः ०.४०५, ०.४५३ र ०.४३१ रहेको छ ।

मानव विकासका सम्पूर्ण आयामलाई राष्ट्रिय र प्रदेशगत रूपमा अध्ययन गर्दा अधिकांश आयाममा प्रदेश २ र कर्णाली प्रदेश पछाडि देखिएका छन् । प्रतिव्यक्ति आयमा बागमती प्रदेश मात्र राष्ट्रिय औसतभन्दा माथि रहेको छ ।

पछिल्लो मानव विकास सूचकांक प्रतिवेदनले नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुन तयार भएको देखाएको छ ।



ख. गरिबी, बेरोजगारी तथा विविध

केन्द्रीय तथ्यांक विभागका अनुसार गत वर्षसम्म नेपालमा काम गर्ने उमेर समूहका करिब १० लाख युवा बेरोजगार थिए। कोरोना महामारी सुरु भएसँगै यो संख्या थपिँदै गएको विभिन्न तथ्यांकले पुष्टि गरिसकेका छन्।



ग. गोविन्द केसीको सत्याग्रह



घ. कोरोनाका कारण परेका समाजिक अप्ठ्याराहरु:

सन् २०२० विश्वकै लागि कोरोना कहर वर्ष बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले अकल्पनीय जनधनको क्षति भयो । यस शताब्दीकै विनासकारी यो महामारीमा करिब १७ लाख मानिसको मृत्यु भयो भने सात करोडभन्दा बढी सङ्क्रमित बने । आर्थिक गतिविधि ठप्प हुँदा करोडौँ मानिसको रोजगारी खोसियो । गरिबी बढ्यो । विश्व अर्थतन्त्र खुम्चियो । पर्यटन र हवाई क्षेत्र तहसनहस भयो । अथक प्रयाससँगै वर्षको अन्त्यमा कोरोना खोप बन्यो र लगाउन सुरु गरेपछि विश्वमै आशा सञ्चार भएको छ । तर कोरोना महामारी रोकिएको छैन । कोरानाबाट मर्ने र सङ्क्रमित हुने क्रम जारी छ । तेस्रो विश्वका गरिब देशमा कोरोना खोप पुग्न बाँकी छ ।



ङ. खाद्यान्न अभाव, उखु किसान आन्दोलन आदि


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक