जलवायु परिवर्तन न्यूनीकरणमा जोड

विराटनगर। विकसित देशहरूबाट उत्पन्न प्रदूषणका कारण जलवायु परिवर्तनको मार विश्वले भोगिरहेको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बताएका छन् । त्यस्ता देशहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रकम जलवायु परिवर्तन प्रतिकार्यमा सकारात्मक भूमिका निर्वाह गर्ने मुलुकलाई सहयोग गर्नुपर्ने र जलवायुमा नकारात्मक प्रभाव पर्ने गतिविधि रोक्नुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्युनिटी इन्गेजमेन्टको सहकार्यमा जलवायु वित्त र बजेटसम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । वैज्ञानिक आविष्कार र नयाँ प्रविधिको विकासका कारण विश्वको समृद्धि सम्भव भएको भए पनि कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा अमेरिका, चीन र भारत जस्ता केही देशले ओगटेको र उनीहरूकै आर्थिक वृद्धिका लागि मात्र प्रयोग भइरहेको आचार्यको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार र निजीक्षेत्रको साझेदारी आवश्यक हुने बताए । उनले यस विषयमा प्रदेश सरकारलाई निजीक्षेत्रसँग हातेमालो गर्न आग्रह गरे । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेश सरकारका सबै निकायले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका विभिन्न कार्य गरिरहेको भए पनि त्यसलाई जलवायु बजेटको दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न क्षमता अभिवृद्धि एवं कार्यविधिगत स्पष्टता बढाउन प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले जलवायु बजेटको अवधारणा, कारण तथा असर, जलवायु वित्त र जलवायु बजेटका विभिन्न विषयमा जानकारी दिएका थिए । हरित ग्यास उत्सर्जन गर्ने क्षेत्रको पहिचान, त्यसको तथ्यांक व्यवस्थापन, न्यूनीकरण र अनुकूलनमा गरिनुपर्ने कार्यको प्राथमिकीकरण र स्थानीय सन्दर्भ समेत विश्लेषण गरी प्रदेश सरकारले जलवायु बजेट सांकेतीकरणलाई थप वैज्ञानिक र पारदर्शी बनाउनुपर्नेमा उनको सुझाव थियो । 

सम्बन्धित सामग्री

‘जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी बहस चाँडो निष्कर्षमा पुर्याउनु पर्छ’

कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा उनले  जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी काममा केही प्रगति भइरहे पनि पर्याप्त र छिटो हुन नसकेको बताए।संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड

जलवायु परिवर्तन : के हवाइयात्रा बन्द गर्ने बेला आएको हो ?

१३ जेठ, काठमाडौं । केही दशकयता जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी मुद्दा बनिरहनुका साथै सर्वाधिक चासो र चिन्ताको विषय समेत बनेको छ । जलवायु परिवर्तन, विश्व उष्णिकरण तथा यसले निम्त्याएको चुनौती र क्षतिको विषयमा चर्चा भैरहन्छ । कार्बन उत्सर्जन बढिरहेको कारणले गर्दा विश्वको तापमान तीव्र गतिमा बढिरहेको छ । वैज्ञानिकहरुका अनुसार विश्वमा छैटौँ महाविनाश यहीँ हानिकारक […]

जलवायु परिवर्तन अमेरिकी द्वन्द्वको पासोमा नपरोस्

इजिप्टको सर्म एल–सेख सहरमा ६ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म राष्ट्र संघीय जलवायु परिवर्तन (कोप २७) सम्मेलन भइरहेको छ । ग्लासगो जलवायु परिवर्तन सम्मेलनपछि जलवायुसम्बन्धी मुद्दा झन्–झन् पेचिलो बनेर बढ्दै गएको छ र...

जलवायु परिवर्तन सम्बोधनमा सहकार्य

ऐनले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको व्यवस्था गरे पनि ऐन बनेको लामो समय बित्दा पनि यसले पूर्णता पाएको थिएन। गत भदौ २१ गते सरकारले यो परिषद्मा रिक्त सदस्य नियुक्त गरेको थियो।...

जलवायु परिवर्तन सूचकहरूलाई वर्गीकरण

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जलवायु परिवर्तनसम्बन्धी सूचकहरूको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा जलवायु परिवर्तन सूचकहरूलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको छ । विभागले आइतबार सार्वजनिक गरेको यससम्बन्धी प्रतिवेदनमा हरितगृह ग्याँसका स्रोत तथा कारकहरू, जलवायु अतिशय घटनाहरू तथा जलवायुजन्य विपद्हरू, जलवायु अतिशय घटनाहरू तथा जलवायु जन्य विपद्हरूबाट सिर्जित क्षति तथा प्रभाव, सम्मुखता, संवेदनशीलता, अनुकूलन […]

जलवायु परिवर्तन तथा विकास प्रतिवेदन सार्वजनिक

विश्व बैंकले नेपालका लागि जलवायु परिवर्तन तथा विकास प्रतिवेदन (सिसिडिआर) बिहीबार सार्वजनिक गरेको छ।...

‘नेपालले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ’

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौँमा ओआरएफको सहयोगमा आइएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् । जलवायु […]

जलवायु परिवर्तन न्यूनीकरणका उपाय

आज जलवायु परिवर्तन विश्वव्यापी चुनौती एवं समस्याको रूपमा विद्यमान छ । वातावरण विनाश हुनाले यस्तो भएको हो । वस्तुतः जलवायु परिवर्तनले यस धरतीमा रहेका विभिन्न तŒवहरूलाई असर पारिरहेको छ, जसले गर्दा यहाँका वनस्पति तथा सम्पूर्ण जीवित प्राणीहरूको अस्तित्वमा शङ्का उब्जेको छ । त्यसैले जलवायु परिवर्तन न्यूनीकरण आजको आवश्यकता हो, जसका लागि सर्वप्रथम त स्थानीय निकायहरूको […]

कृषि, किसान र जलवायु परिवर्तन

वर्तमानमा कृषि, किसान र जलवायु परिवर्तन संसारभर सबैभन्दा ठूलो चासोको विषय हो । अहिले विश्वभर करिब एक अर्ब मानिस क्रोनिकल हंगर (गम्भीर भोकमरी) बाट गुज्रिरहेका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि...