छोटकरीमा: आज - २०७७ पौष ०७, मंगलबार

आज 'सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक', 'माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव पारित', 'सुडानलाई अमेरिकाले आतंककारी राष्ट्रको सूचीबाट हटायो', ' बाइडेनलाई दिइयो कोभिड–१९ विरुद्धको खोप' लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।



बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै सरकारले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। बेलायतले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका छ।



संसद विघटन गर्ने सरकारको कदमको विरोधमा कार्यक्रम तय गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संसद पुनस्थापनाका सडक आन्दोलनको पक्ष र विपक्षमा मत आएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य नारायण खड्काले यो विषयमा अदालतमा पुगेकाले अदालतले के भन्छ त्यो पनि महत्वपूर्ण हुने बताएका थिए। उनले संसद विघटनविरुद्ध अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जान सकिने बताएका छन्।



चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन्। एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको जनाइएको छ।



काठमाडौँमा जारी नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई कारबाही गर्दै उनकाे ठाउँ पार्टी अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ। त्यस्तै बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ। बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सच्चिएर आए उपयुक्त जिम्मेवारी दिइने समेत बताएका छन्।



नेकपाका सांसदहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट निवेदन लिएर सर्वोच्च गएका हुन्। 



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियूको एक समूहले संसद् विघटन विरुद्ध प्रदर्शन गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल पक्षीय विद्यार्थीहरूले मंगलबार राजधानीमा प्रदर्शन गरेका हुन्।



प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले बनेपास्थित नेकपा पार्टी कार्यालयमा छुट्टै ताला लगाएका छन्। तत्कालीन एमालेले निर्माण गरेको कार्यालयमा लगाइएको पुरानो ताला हटाएर ओली समूहले अर्को ताला लगाएको हो। उता धनगढीस्थित नेकपा कैलालीको पार्टी कार्यलयमा ताला लगाइएको छ। प्रचण्ड–नेपाल पक्षधर कार्यकर्ताहरूले पार्टी कार्यलयामा ताला लगाएका हुन्।



नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने बताएका छन् । 



प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ। आयोगमा अधिवक्ता बाबुराम दाहालले सूची दर्ता गराएका हुन्। मंगलबार बालुवाटारमा बसेको ओली पक्षको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्य थप गरेको हो।



राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले पूर्वमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो।



नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संसद् पुर्नस्थापनाको माग गरेका छन् । महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद् विघटनलाई समर्थन गर्‍यो भनेपनि आफूहरूले संघर्षलाई जारी राख्ने बताएका छन्।



विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। राजनीतिमा सक्रिय हुनअघि उनी विभिन्न सञ्‍चारमाध्यममा आवद्ध थिए।



नेपाल शिक्षक महासंघ सहित १२ शिक्षक संघसंगठन र अनेरास्ववियू, नेविसंघ लगायत ९ विद्यार्थी संघसंगठनले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन्। संवैधानिक उपलब्धिको रक्षाका लागि शिक्षाकर्मी, राजनीतिकर्मी र नागरिक अगुवाहरूलाई अपिल समेत गरिएको छ।



प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि उद्घाटन गरेको नागढुंगा सुरु खन्ने काम सुरु भएको छ। सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदै गरेको सुरुङको ठेक्का जापानी कम्पनी हाजमा आन्दो कर्पोरेसनले पाएको छ।



नेकपा (क्रान्तिकारी–माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले अब आफूहरुले जनगणतन्त्र स्थापनाको लागि लडाइँ लड्ने उद्घोष गरेका छन्। संसद् विघटन प्रतिगामी कदम भए पनि आफूहरू त्यसको पुनःस्थापनाको पक्षमा नरहेको उनले प्रष्ट पारे।



जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आव्हान गर्न प्रतिनिधिसभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ। जसपा कार्यकारणी बैठकले यस्ताे निर्णय गरेकाे हाे।



अमेरिकी संसद्ले सुडानलाई आतंकवादी राष्ट्रको सूचीबाट मुक्त गर्ने प्रस्ताव पारित गरेको छ। सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरूमा भएकाे आक्रमणमा भएको जनधनको क्षतिबापत ३३ करोड ५० लाख डलर रकम क्षतिपूर्तिस्वरूप तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिको प्रतिबन्ध हटाएको हो। 



कोरोना भाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ। यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छन् कि गर्दैनन् भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन्। 



अमेरिकी सांसदहरूले केन्द्रीय बैंकलाई कोरोना प्रभावित आर्थिक प्याकेज जारी गर्न सहमति जनाएका छन्। कोरोना प्रभावति लाखौँ अमेरिकीलाई करिब नौ खर्ब डलरको राहत प्याकेज उपलब्ध गराउन यो सहमतिले मार्गप्रशस्त गर्नेछ।



अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरसविरुद्धको खोप दिइएको छ। बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक