छोटकरीमा : संसद विघटन र त्यसले ल्याएको तरंग

प्रधानमन्त्री ओलीले अकस्मात् संसद विघटन गरेपछि आज दिनभरिकाे घटनाक्रम यही विषयमा केन्द्रित रह्याे। आइतबार बिहान बसेकाे मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपतिले संसद विगठन गरेकी हुन्। संसद विघटन भएसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा वामदेव गाैतमले प्रधानमन्त्रीकाे उक्त कदमकाे विराेध गरेका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य दलहरूले पनि सरकारकाे कदम अलाेकतान्त्रिक भएकाे आराेप लगाएका छन्। सरकारले संसद विघटनकाे निर्णय गरेसँगै ओली सरकारका ७ मन्त्रीले राजीनामा दिएका छन्।



राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छन्। भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन्। सिफारिसबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको छ ।



संसद विघटनको विरोध गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिस्ठ नेता माधमकुमार नेपाल निकट सात मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री बिना मगर छन्।



सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गर्दै केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाएको छ। सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै सरकारको संसद विघटनको कदम अस्वीकार गरेको हो। बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।



आइतबार बिहान नेकपाका ९० सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएको थियो। संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ। 



सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा गरेकाेप्रति कांग्रेसले निन्दा गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको आकस्मिक बैठकले नेकपा नेतृत्वको सरकारको कदम घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्य भएको निष्कर्ष निकालेको हो। यस्तै, कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने भएको छ। आन्दोलनको स्वरूप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्नेछ।



संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा प्रदर्शन सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो ३ बजेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। यस्तै दाङ, चितवन, झापा लगायतका देशभरका विभिन्न क्षेत्रहरूमा पनि विरोध भएको छ।



प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरू बालुवाटारमा बोलाएका छन्। ओली आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन्।



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ। राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रुपमा लिएर जाने पनि बताएको छ ।



सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ। मंसिर ३० गते ५ बजे बैठकले संवैधानिक निकायहरूमा नामहरू सिफारिस गरिएको हो।संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ।



प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको तीन दलले संयुक्तरूपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन्। नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूको अनौपचारिकरूपमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।



संविधानले एउटा अवस्थामा मात्र संसद् विघटनको परिकल्पना गरे पनि प्रधानमन्त्रीबाट भएको निर्णय र राष्ट्रपतिबाट भएको सदरबाट त्यसको संवैधानिक परीक्षण आवश्यक देखिएको छ। त्यसैले पनि संसद् विघटनको यो निर्णय संवैधानिक परीक्षणपछि मात्र लागू हुने नहुने टुंगो लाग्नेछ।



प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर मिलेर चुनावमा भाग लिएर जितेर आउन प्रस्ताव गरेका छन्।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक