बालुवाटरमा सुरक्षा परिषद् बैठक, काठमाडौंमा कडा सुरक्षा

काठमाडौं : संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक डाकेका छन्। 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरक्षा परिषद्को बैठक बसिरहेको  छ। सुरक्षा परिषद् बैठकमा बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायको उपस्थिति छ।

उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायत उपस्थित छन्।

यसैबीच सरकारको कदमपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले राजधानीका विभिन्‍न स्थानमा प्रहरीको तैनाथी बढाइएको बताए।

'हामीले अहिले माइतीघर, बबरमहल, बानेश्‍वर, संसद भवन क्षेत्र, सिंहदरबार, महाराजगञ्‍ज र बालुवाटार क्षेत्रमा सुरक्षा तैनाथी बढाएका छौं', उनले थाहाखबरसँग भने, 'सुरक्षा व्यवस्था अन्य दिनको तुलनामा कडा पारेका छौं, शंकास्पद स्थानमा निगरानी पनि बढाइएको छ।'

सिंहले राजधानीका सबै युनिटबाट प्रहरीलाई उच्च सतर्क अवस्थामा परिचालित गरिएको बताएका छन्। कुनै अप्रिय घटना हुन नदिन चनाखो रहन सबै युनिटलाई सचेत गराइएको सिंहले जानकारी दिएका छन्।

सम्बन्धित सामग्री

सुरक्षा परिषद् बैठक : निर्वाचन सुरक्षा र विप्लव समूहबारे भयो छलफल

काठमाडौं : प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा छलफल भएको छ। यस्तै विपल्व समूहको विषयमा समेत छलफल भएको जनाइएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद

पहिलो पोस्ट

सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षा विषयमा छलफल

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । “बैठकले अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा निर्वाचनको विषय स्वतः पर्छ”, बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।   

गोरखापत्र

सुरक्षा परिषद् बैठकमा चुनाव सुरक्षालगायतका विषयमा छलफल

काठमाण्डाै – प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मङ्गलवार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशकाे समग्र सुरक्षा अवस्था, चुनाव सुरक्षालगायतका विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।  बैठकमा गृह मन्त्री रामबह...

उज्यालो अनलाइन

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका छन्।

नागरिक दैनिक

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद् बैठककाे आह्वान

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठककाे आह्वान गर्नु भएको छ। ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका लागि बोलाउनु भएको निजी सचिवालयले जनाएको छ । गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ । आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै ...

उज्यालो अनलाइन

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाण्डाै – शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने अनुमान छ ।  यस्तै शुक्रबार नै प्रधानमन्त्री केपी ...

उज्यालो अनलाइन

संवैधानिक परिषद्को बैठक सकियो

काठमाण्डाै – संवैधानिक परिषद्को मङ्गलबारकाे बैठक सकिएको छ । अध्यादेशमार्फत बहुमत कायम रहेको सङ्ख्या उपस्थित भएमा बैठक बस्ने व्यवस्थाअनुसार परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएपछि बैठक बसेको थियो । बैठकमा ...

उज्यालो अनलाइन

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाण्डाै - अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद् बैठकलाई नियमित बैठक भनिए पनि महत्त्वका साथ हेरिएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।  बै...

उज्यालो अनलाइन