सिपीको कटाक्षपछि प्रचण्डले भने, 'राप्रपाको अध्यक्ष बन्दै हुनुहुन्छ जस्तो लाग्यो'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन सत्रमा नेकपा (माले)का महासचिव सिपी मैनाली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काप्रति कटाक्ष गरेका छन्। कार्यक्रममा शुभकामना दिने क्रममा मैनालीले प्रचण्डले नेतृत्व गरेको २०६३ सालको परिवर्तनले मुलुकमा अवाञ्छित बाह्य हस्तक्षेप भित्र्याएको दाबी गरे। शान्ति सम्झौता गरेर फर्किँदा विदेशी एजेण्डाको भारी बोकेर आएको गम्भीर आरोप मैनालीले लगाए।‘प्रचण्डजीहरुले २०५२ सालमै सशस्त्र युद्ध गर