के ट्रम्पको दबाबमा अमेरिकामा 'फाइजर भ्याक्सिन'ले पायो आपतकालिन प्रयोगको स्वीकृति ?

अमेरिकामा कोरोना भाइरस संक्रमणविरुद्ध को प्रयोग गर्न स्वीकृति मिलेको छ। युएस  फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र बायोएनटेकले उत्पादन गरिरहेको भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिएको हो।

उक्त भ्याक्सिन कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिनले स्वीकृति पाएसँगै २४ घण्टा भित्रै भ्याक्सिनको डोज लगाउने काम सुरु हुने बताएका छन्।

आफ्नो कार्यकालको अन्तिम समयमा रहेको ट्रम्प प्रशासनले फाइजरलाई स्वीकृति दिन एफडीएलाई दबाब दिँदै आएको स्थानीय संचारमाध्यमहरुको दाबी छ।

मिडिया रिपोर्टहरुका अनुसार ट्रम्प प्रशासनले एफडीएका पप्रुख स्टेफेन हानलाई आपतकालिन प्रयोगका लगि भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिन अथवा राजीनामा दिन दबाब दिएको थियो। तर स्टेफेनले भने ती मिडिया रिपोर्टहरुको दाबी खारेज गरेका छन्।

उनले आफू पनि भ्याक्सिन लगाउन तयार भएको भन्दै एजेन्सीले भ्याक्सिनको परीक्षणमा कुनै सम्झौता नगरेको बताएका छन्। उनले भ्याक्सिनलाई स्वीकृति दिन कुनै दबाब नआएको समेत बताएका छन्।

अमेरिकामा भ्याक्सिनको पहिलो डोज वृद्धवृद्धा, स्वास्थ्यकर्मी र आपतकालिन सेवामा खटिरहेका कर्मचारीहरुलाई प्रदान गरिने जनाइएको छ।

यसअघि बेलायत, क्यानडा, बहराइन र साउदीले फाइजर भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिइसकेको छ।

सम्बन्धित सामग्री

फाइजर र मोडर्नाका भ्याक्सिनले कसरी काम गर्छन् ?

कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिन (फाइजर र मोडर्ना) लाई अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले

नयाँ पत्रिका

मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित, आपतकालीन प्रयोगका लागि बाटो खुला

काठमाण्डाै – अमेरिकामा कोरोना भाइरस विरुद्धको अर्को खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुलेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ । एफडीएका विशेषज्ञका अनुसार अमेरिकामा मोडर्नाको खोप अब प्रयोगका लागि बाटो खुलेको हो । अस्तिदेखि अमेरिकामा फाइजर र बायोएनटेक...

उज्यालो अनलाइन

सोमबारबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिने

अमेरिकामा सोमबारदेखि सर्वसाधरणलाई कोरोना भाइरसविरुद्ध फाइजर भ्याक्सिन दिन सुरु गरिने अधिकारीहरुले बताएका छन्। फाइजर र बायोएनटेकले संयुक्त रुपमा उत्पादन गरिरहेको भ्याक्सिनको आपतकालिन प्रयोगका लागि युएस फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसनले शनिवारमात्रै स्वीकृति दिएको थियो। पहिलो चरणमा ३० लाख भ्याक्सिनहरुलाई विभिन्न राज्यहरुमा वितरण गरिनेछ। भ्याक्सिनको पहिलो डोज वृद्धवृद्धा, स्वास्थ्यकर्मी र आपतकालिन

पहिलो पोस्ट

ट्रम्प प्रशासनको दबाबपछि अमेरिकामा फाइजरको खोपले पायो अनुमति

काठमाण्डाै - फाइजर-बायोएनटेकले विकास गरेको खोपले अमेरिकामा स्वीकृति पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको दबाबका कारण  फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए)ले कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्वीकृति...

उज्यालो अनलाइन

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन्।

नागरिक दैनिक

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

अमेरिकी विज्ञहरूले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

नयाँ पत्रिका

फाइजरको खोपलाई अनुमति दिन अमेरिकी विशेषज्ञको सिफारिस

२६ मंसिर, काठमाडौं । अमेरिकामा मेडिकल विशेषज्ञहरुले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)लाई फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेका छन् । बिहीबार एफडीएका विशेषज्ञहरुको २३ सदस्यीय बैठकले यो खोपको प्रयोगका …

अनलाइनखबर

कोरोना खाेपको आपत्कालीन प्रयोगका लागि फाइजर कम्पनीले आवेदन दिँदै

काठमाण्डाै – औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्नेछ ।  यसका लागि एफडीएलाई कति समय लाग्छ भन्नेबारेमा यकिन भइसकेको ...

उज्यालो अनलाइन