नेपालमा कोभिड भ्याक्सिन कसले पहिला पाउँछ? यस्तो छ सरकारको तयारी

काठमाडौं– सरकारले कोभिड–१९ विरुद्धको खोप  ल्याउने पूर्वतयारी गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना  विरुद्धको खोप विषयमा प्राविधिक जानकारी दिन बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा श्यामराज उप्रेतीको संयोजकत्वमा  कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समिति गठन गरेको छ।

समितिले नेपालमा कोभिड भ्याक्सिन लगाउनुपर्ने संख्या, जोखिमका आधारमा खोप पाउनेहरुको प्राथमिकता समेत छुट्याइ सकेको छ।

समितिका संयोजक डा उप्रेतीले नेपालमा पहिलो चरणमा विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्थाहरु मिलेर बनेको कोभ्याक्स फ्यासिलिटी मार्फत उपलब्ध हुने भ्याक्सिन आउने बताए।

उनले भने,‘कोभ्याक्स फ्यासिलिटीले विश्वका धनी र गरिब  सबै देशले समान रुपमा कोभिडको भ्याक्सिन पाउन भनेर काम गरिरहेको छ। कोभ्याक्सले नेपाललाई २० प्रतिशत भ्याक्सिन दिने कुरा भएको छ। त्यसमा पनि पहिलो चरणमा ३ प्रतिशत भ्याक्सिन आउने छ। पछिल्लो चरणमा आउने खोप पहिले कसलाई दिने, त्यसपछि कसलाई भनेर समितिले पहिचान गरिसकेका छ।’

उनका अनुसार पहिलो चरणमा आउने ३ प्रतिशत भ्याक्सिन फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक दुरी कायम गरी काम गर्न नसकिने क्षेत्र जस्तै: सुरक्षाकर्मी, बैंकका कर्मचारी, सञ्चारकर्मी लगायतलाई दिइने योजना रहेको बताए।

उनले कोभ्याक्सले उपलब्ध गराउने २० प्रतिशत भ्याक्सिन पाउने व्यक्तिहरुको जोखिमका आधारमा प्राथमिकता निर्धारण गरेको जानकारी दिए।

सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत जनतालाई भ्याक्सिन दिने योजना बनाएको छ। त्यसमध्ये २० प्रतिशत गाभी र बाँकी ५२ प्रतिशत खोप सरकार आफैँले खरीद गर्ने योजना बनाएको छ।

समितिले कोरोनाविरुद्धका खोपहरुमध्ये कुन खोप उपयुक्त हुन्छ, कसरी खरिद गर्ने, हालको भौतिक संरचना (कोल्डचेन) भण्डार गर्न मिल्छ कि मिल्दैन, आपतकालीन अवस्थामा कसरी खोप भित्र्याउन सकिन्छ, कति खोप चाहिन्छ र त्यसका लागि आर्थिक व्यवस्थापन कस्तो हुनुपर्छ लगायतका कुराहरुमा अध्ययन गरिरहेको छ।

समितिले नेपालमा खोप ल्याउन करिब रु ४८ अर्ब लागत लाग्ने अनुमान सहितको विवरण स्वास्थ्य मन्त्रालयमार्फत मन्त्रीपरिषद्मा पठाई स्वीकृत गराइसकेको छ। थप आर्थिक सहयोगका लागि विश्व बैंकसँग समेत सहयोग मागिएको स्रोतको भनाई छ।

स्वास्थ्यकर्मी, सामाजिक दुरी कायम गर्न नसक्ने सोसियल वर्कर, ५५ वर्ष माथिका दीर्घरोगी, ४४ वर्षदेखि ५४ वर्षसम्मका दीर्घ रोगीहरुलाई क्रमशः खोप पाउने प्राथमिकतामा राखिएको छ। त्यसपछि कामका लागि बाहिर जाने श्रमिकहरुलाई खोपको प्राथमिकतामा राखिएको छ।

सल्लाहकार समितिले विश्व स्वास्थ्य संगठनबाट इमर्जेन्सी प्रयोगका लागि अथोराइज्ड भएका खोपहरुको बारेमा अध्ययन गरी कुन खोप नेपाललाई उपयुक्त छ भनेर सरकारलाई सिफारिस गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

कोभ्याक्स सुविधाको खोप तत्काल नल्याइने, अनुदानकै खोप आधा बाँकी

काठमाडौं :  सरकारले कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको कोरोना विरुद्धको खोप केही महिनापछि मात्रै ल्याउने तयारी गरेको छ। यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत् कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरिरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल खोप पर्याप्त रहेकोले कोभ्याक्स…

थाहा खबर

कोभ्याक्स सुविधाको खोप फागुनभित्रै आउने

सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत जनसंख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । ...

नेपाल आज

भारतले दिएको काेराेनाविरुद्धकाे खोप भोलि नेपाल आइपुग्ने

काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको...

उज्यालो अनलाइन

नेपालमा खोपको तयारी : के गर्दै छ सरकार ?

काठमाडौं । कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा यतिखेर तीन मन्त्रालय एकसाथ जुटेका छन् । स्वास्थ्य तथा जनसंख्या

बाह्रखरी

कोरोना विरुद्धको खोपका लागि ५ हजार कर्मचारी र ५२ हजार स्वंयसेविका परिचालन गरिने

सरकारले कोभिड–१९ विरुद्धको खोप आयातमा निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई ...

नेपाल आज

कोभिड-१९ भ्याक्सिन खरिदका लागि सरकारले तय गरेका तीन मोडालिटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको भ्याक्सिनका लागि सरकार टु सरकार, सरकार टु कम्पनी र निजी क्षेत्रलाई मान्यता दिने तीन मोडालिटीमा नीतिगत तयारी गरिरहेको जनाएको छ।

खोपमा अनुदानको मात्र भर पर्दा ढिलो हुनसक्छ किन्ने तयारी जरुरी

कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा सहजै आयात कसरी गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय तयारी गरेको छ भने अर्थमन्त्रालयले वित्तिय प्रबन्ध मिलाउन थालेको छ । सरकारी संयन्त्रले आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय तयारी थालेपनि समयमै भ्याक्सिन पाउन धेरै प्रक्रिया पूरा गर्न आवश्यक रहेको डा.प्रकाश घिमिरे बताउनुहुन्छ । कोरोना भाइरस बिरुद्धको खोपको चर्चा विश्व बजारमै चुलिएको छ । नेपालमा पनि कोरोना बिरुद्धको खोपको बारेमा निक्कै चर्चा परिचर्चा भैरहेको छ । विश्वमा १० वटा कम्पनीले तेस्रो चरणमा खोपको सफल परीक्षण गरेका छन् । केही देशले भने खोप लगाउन सुरुनै गरिसकेका छन् । तर कोभ्याम्सले भने कुनै पनि कम्पनीलाई यो समाचार तयार पार्दासम्म अन्तिम अनुमति दिएको छैन ।

गोरखापत्र

कोरोनाविरुद्धको खोप भण्डारण गर्न नयाँ कोल्डचेन बनाउँदै सरकार

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउने तयारीलाई तिव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

बाह्रखरी