छोटकरीमा आज - २०७७ मंसिर २२, सोमबार

आज बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई जिल्ला अदालतले दियाे सफाइ, 'अरुण तेस्रो जलविद्युतको काम ठप्प, मजदुर आन्दोलित', सगरमाथाको नयाँ उचाई भोलि घोषणा हुँदै, चिनियाँ खोप निर्माता सिनोभ्याक बायोटेकलाई ५० करोड डलर सरकारी अनुदान लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।



न्यायसेवाको उपल्लो पद प्रधानन्यायाधीश बन्ने बाटो कम्तीमा डेढ दशकसम्म छेकिएकामा न्याय सेवाका कर्मचारी असन्तुष्ट छन् । प्रधानन्यायाधीश बन्ने लाइनमा रहेका न्यायाधीशहरू न्याय सेवा ‘क्याडर’बाट आएका नभएकाले आफूहरूको बाटो छेकिएको कर्मचारीहरूको भनाइ छ ।



जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।

एक महिलाले अनुयायीले उनले आफूलाई बलात्कार गरेको भनी २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएपछि 'सिद्धबाबा'माथि मुद्दा दायर भएको थियाे ।



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण गर्न आयोजित कार्यक्रममा अध्यक्षत्रय राणा, थापा र लोहनीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनर्स्थापना गर्न सबै नागरिक उठनुपर्ने वेला आएको बताएका छन् । 



मकालु गाउँपालिकामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटका मजदुरले सोमबारबाट काम ठप्प पारेका छन्। ज्याला नबढाएको भन्दै करिब २ हजार कामदार आन्दोलित भएका हुन्।



प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले राखेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने कुरालाई एकपछि अर्को गरी प्रतिष्ठाको विषय बनाएका छन् । यही विषयलाई लिएर ओलीले आइतबारको स्थायी कमिटी बैठक ‘बहिस्कार’ नै गरेका छन् । र, दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने पनि सन्देश दिएका छन् ।



न्यायसेवाको उपल्लो पद प्रधानन्यायाधीश बन्ने बाटो कम्तीमा डेढ दशकसम्म छेकिएकामा न्याय सेवाका कर्मचारी असन्तुष्ट छन् । प्रधानन्यायाधीश बन्ने लाइनमा रहेका न्यायाधीशहरू न्याय सेवा ‘क्याडर’बाट आएका नभएकाले आफूहरूको बाटो छेकिएको कर्मचारीहरूको भनाइ छ । 



जनताका समस्या उठान हुने थलो संसद हो । जनप्रतिनिधिले जनताका समस्यालाई सोझै सरकारसमक्ष पुर्‍याउन संसदमा जनताको बोली बोल्छन् । तर, प्रदेश १ मा कोरोना संक्रमण र निर्माणाधीन संसद भवनलाई कारण देखाउँदै संसदको हिउँदे अधिवेशन बोलाउन चासो दिइएको छैन । 



कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृर्षि क्षेत्रमा आफुले उल्लेख्य काम गरेपनि त्यसकाे नतिजा तत्काल नदेखिएको बताएका छन् ।

अर्घाखाची सिमेन्ट उद्योग प्रालिकाे सहयाेगमा रुपन्देहीको सियारी गाउँपालिका–२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै मन्त्री भुसालले विगतको कृर्षि नीतिभन्दा भिन्न तरिकाले काम गरेका कारण यसकाे नतिजा देखिन समय लाग्ने बताए ।  



नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएकोले सबै आयोजनाको म्याद थप गर्न माग गरेको छ।

कोभिडका कारण करिब ६ हजार आयोजना प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने माग उठाइएको छ। 



सगरमाथाको उचाइ नेपाल र चीनले मंगलबार संयुक्तरुपमा घोषणा गर्दैछन्। पाँच महिनाअघि टुंगो लागेको सगरमाथाको उचाइ चीनबाट अनुमोदन भएपछि मात्र सार्वजनिक गर्न लागिएको हो।



उच्च अदालत पाटनले दुई वर्षअघि राजधानीको दरवारमार्गमा भएको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाण्डौको फैसला सदर गरेको छ । 

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो ।



 अमेरिकाका विभिन्न अस्पताल तथा विश्वविद्यालयमा १० वर्ष संक्रमण रोग विशेषज्ञका रुपमा काम गरेका डा. सुदीप गुरुङ पछिल्लो समय नेपाल फर्कन चाहन्छन् । आफूले अमेरिकामा हासिल गरेको चिकित्सकीय अनुभव अब नेपालमा नै प्रयोग गर्ने उनको चाहना छ ।

गुरुङजस्ता सैयौँ नेपाली विशेषज्ञहरु, जो विदेशमा उच्च शिक्षा हासिल गरेर उतै काम गरिरहेका छन्, कोभिड–१९ महामारीपछि नेपाल फर्किएर स्वदेशमै सेवा गर्न चाहन्छन् ।



अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । 

उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो ।



चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झन्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ। सरकारी विवरणअनुसार चीनले कोरोना भाइरसलाई नियन्त्रणमा लिइसकेको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक