सुरुवातमा तीव्र उतारचढाब देखिएको नेप्से ७२ अंकले बढ्यो

काठमाडौं । साताको दोसो दिन सोमबार सुरुवात समयमा तीव्र उतारचढाव देखिएको सेयर बजार अन्त्यमा उच्च अंकको वृद्धिसहित बन्द भएको छ ।  आइतबार ६ प्रतिशतले घटेसँगै कारोबार समय बाँकी छँदै बन्द भएको सेयर बजार सोमबार पुनः लयमा फर्किएको छ । 
प्रि ओपनिङ सेसनमा सामान्य घटेको नेप्से कारोबार खुलेसँगै सुरुवातमा एकघण्टा तीव्र उतारचढाव देखिएको थियो । 

कारोबार खुलेको १० मिनेटमा नै ५४ अंकले बढेको नेप्से ११ बजेर ३१ मिनेट जाँदा घटेर ३० अंंकभन्दा माथिले आरोलो लाग्न पुगेको थियो ।  यसैगरी १२ बजेसम्म उतारचढाव कायम रहेको सेयरबजार त्यसपछि भने लगानीकर्ता सम्यमित हुँदा नेप्सेमा पनि स्थिरता देखियो । 

१२ बजेसम्म आइतबारको क्लोजिङ बिन्दुभन्दा तल रहेको नेप्से त्यसपछि भने लगातार उकालो लाग्दा ७२.२८ अंकले वृद्धि भएर २००४.३९ अंकमा बन्द भएको छ । नेप्सेसँगै कम वर्गका कम्पनीको मापक सेन्सिटिभ इन्डेक्स पनि दोहोरो अंकले बढेको छ । 

सेन्सिटिभ इन्डेक्स १२.१ अंकले बृद्धि भएर ३८२.७७ अंकमा बन्द भएको छ । 

कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक हुँदा व्यापार समूहको सूचक सर्वाधिक ५.५७ प्रतिशत र जीवन बिमा समूहको सूचक ६.०४ प्रतिशतले बढेको छ । 

त्यस्तै हाइड्रोपावर समूहको सूचक पनि ५.९९ प्रतिशतले वृद्धि हुँदा उत्पादन समुहको सूचक पनि ५ प्रतिशत माथिले वृद्धि भएको छ । 

पछिल्लो समय बजार घटबढमा सबैभन्दा ठूलो भूमिकामा देखिएको अन्य समूहको सूचक ४.९३ प्रतिशतले वृद्धि हुँदा बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको बैंकिङ समूहको सूचक पनि २.२३ प्रतिशतले बढेको छ । जसले गर्दा समग्र सेयर बजारमा नै आइबार देखिएको निरुत्साहनलाई उत्साहमा बदलिएको छ । 

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा साढे ६ अर्ब माथिको कारोबार भएको छ । 

६० हजार ५ वटा कारोबारमा २०६ सूचीकृत संस्थाको एककरोड १९ लाख २० हजार ८१९ कित्ता सेयर किनेबच हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५७ हजारको कारोबार भएको छ । 

लगातार तेस्रो दिन पनि पुनर्बिमा कम्पनीको कारोबार रकम एकअर्ब नाघेको छ । 

कम्पनीको  ६ लाख ८६ हजार ८६० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५ करोड ५७ लाख ६० हजारको कारोबार भएको छ ।  त्यस्तै नेपाल लाइफको ४७ करोड ५९ लाख ७३ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको करिब ३४ करोडको कारोबार भएको छ ।  सोमबार नेप्सेमा कारोबार भएकामध्ये तीन ऋणपत्रसहित सातवटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । 

गुमाउनेमा एभरेष्ट बैंकको प्रिफरेन्स सेयर साथै २ वित्त कम्पनी एक विकास बैंक, एक वाणिज्य बैंक एक हाइड्रोपावर र एक सामूहिक योजनाका लगानीकर्ता रहेका छन् ।  यता रसुवागढी हाइड्रोपावर र नारायण्ी डेभलमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ ।  सान्जेन जलविद्युत कम्पनी, अपर तामाकोसी हाइड्रोपावर र ग्लोबल आइएमईए लघुवित्तको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि हुँदा सर्किट लेभलमा कारोबार भएको छ । 


 

सम्बन्धित सामग्री

संकटकालको हल्लाले सेयर बजारमा ११३ अंकको उतारचढाव, ‘ठूला लगानीकर्ताले फाइदा उठाए’

काठमाडौं। मंगलबार सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। नियमित कारोबार खुलेको सुरुआती समयमा २५ अंकसम्म बढेको बजार त्यसपछि भने

बीजमांडू

साताको अन्तिम कारोबार दिन १६ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन उतारचढावकाबीच सेयर बजार १६ अंकले ओरालो लागेको छ। २५६४ अंकसम्म उचालिएको बजार कारोबार बन्द

बीजमांडू

सेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक ५ अंकले घट्याे

६ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० …

अनलाइनखबर

१०० अंकको उतारचढावबीच ३० अंकले बढेर बन्द भयो बजार, पौने ७ अर्ब रुपैयाँको कारोबार

काठमाडौं। सोमबार नियमित कारोबार सुरु भएदेखि दिनको आधा अवधि बित्दासम्म ठूलो उतारचढाव देखिएको सेयर बजार अन्तत ३० अंकले बढेर

बीजमांडू

हप्तैभरी उतारचढाव आएको बजारमा १०० अंकको गिरावट, अन्तिम दिन ८ अंकले बढ्यो बजार

काठमाडौं। हप्तै भरी निकै उतारचढाव देखिएको सेयर बजार एक सातामा १०० अंकले घटेको छ। साताको अन्तिम दिन भने ८

बीजमांडू

करिब ७ अर्ब रुपैयाँको सेयर कारोबार, ५० अंकको उतारचढाव, बैंकिङले जोगायो बजार

काठमाडौं। छोटो समयका लागि १८०० अंक नाघेको सेयर बजारमा लगानीकर्ता नाफा सुनिश्चिततातिर लाग्दा तीव्र उतारचढाव देखिएको छ। बजारमा ५० अंकको

बीजमांडू