सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ बहस सुरु भएको छ– भदौ २६ गते कै निर्णयमा फर्कौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रतिवेदनमा यो कुरा महत्त्वका साथ उठाएका छन् । ७९ दिने लामो विवाद र विग्रहलाई थान्को लगाउँदै भदौ २६ स्थायी कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिसगर्दा स्थायी कमिटी बैठकको निर्णय नपछ्याएपछि अहिलेको विग्रह चर्किएको हो । नेकपा किचलोबारे सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ बहस सुरु भएको छ– भदौ २६ गते कै निर्णयमा फर्कौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रतिवेदनमा यो कुरा महत्त्वका साथ उठाएका छन् । ७९ दिने लामो विवाद र विग्रहलाई थान्को लगाउँदै भदौ २६ स्थायी कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिसगर्दा स्थायी कमिटी बैठकको निर्णय नपछ्याएपछि अहिलेको विग्रह चर्किएको हो ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मङ्गलबारको सचिवालय बैठक तिक्तापूर्णरूपमा टुङ्गिएको छ ।
बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव ‘छलफल गर्न आवश्यक छैन’ भनेपछि बैठक चर्काचर्कीमा परिणत भएको स्रोतको जिकिर छ ।
बैठकको सुरूमै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेको स्रोतले जानकारी दियो । तर अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा भयंकर ठूलो व्यक्तिवाद र अहंकार देखिएको आरोप लगाएका छन् । ओलीले शनिबारको सचिवालयमा पेस गरेका ३८ पेज लामो प्रस्तावमाथि मंगलबारको बैठकमा बोल्दै दाहालले ओलीले गुटबन्दी गरेको पनि बताएका छन् ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको कार्यालय निरीक्षण तथा अवलोकनका लागि आयोगको कार्यालय हेटौँडा पुगेका मुख्यमन्त्री पौडेलले कसैले पनि आफूले प्राप्त गरेको अख्तियारको दुरुपयोग गर्नु नहुने धारणा राखे ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्याको मुख्य जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले पेस गरेको ३८ पुष्ठ लामो राजनीतिक प्रस्तावमाथि मंगलबारको सचिवालय बैठकमा धारणा राख्दै नेता नेपालले ओलीले व्यक्तिवाद त्याग्नुपर्ने बताएका छन् ।
नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले ५० वर्षसम्म नेकपाले सरकार चलाउने बताएका छन् । हुम्लाका नेता तथा कार्यकर्तासँग मंगलबार कुरा गर्दै उनले ५० वर्षसम्म चुनाव जितेर बहुमतको सरकार चलाउने दाबी गरेका हुन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविनै सुरु भएको नेकपाको सचिवालय बैठक केहीबेर बसेर स्थगित भएकाे छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक केहीबेर बसेर स्थगित भएको जानकारी दिए।
बैठकमा प्रधानमन्त्री ओलीलाई उपस्थित गराउन पहल गर्ने र त्यसका लागि समय दिने कुरामा सबै सदस्यले एक मतले निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए । ओलीको उपस्थितिमा नै बहस गर्दा विवेकपूर्ण हुने ती नेता सुनाउछन् । बैठकले ओलीलाई बैठकमा आउन तीन दिने अल्टिमेटम पनि दिएको छ।
विवादले पार्टी एकता नै संकटमा परिरहेका बेला बिहीबार नेकपाका दुवै अध्यक्षले राष्ट्रपतिसँग भिन्दाभिन्दै भेटवार्ता गरेका छन्। नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन्।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी ओली फुट र विभाजनतर्फ अग्रसर भएको बताएका छन् । बिहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले यस्तो बताएका हुन् ।
कहिलेकाहीँ दिनमा दुईपटकसम्म त कहिले हरेक दिनजसो भेटघाट गर्ने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ‘वान टु वान’ संवाद नभएको झन्डै एक महिना हुन लाग्यो । उनीहरुबीच पछिल्लोपटक कात्तिक २५ मा करिब १५ मिनेट मात्रै ‘वान टु वान’ संवाद भएको थियो । त्यसयता ओली र दाहालबीच बैठक वा सामूहिक भेट भए पनि ‘वान टु वान’ संवाद ठप्पै छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालयका बहुमत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा आउने दिएको समयसीमा भोलि सकिँदैछ । अर्थात्, नेकपा सचिवालयको बैठक भोलि (शनिबार) दिउँसो एकबजे सचिवालयको बैठक बस्दैछ । सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीपक्षका नेताहरूको दौडधुप बाक्लिएको छ । सँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएकी छन् । पदीय मर्यादा भुलेर पार्टीको विवादमा प्रविष्ट भएको भन्दै टिप्पणी पनि भइरहेको छ ।
लोकतन्त्र, विधि–पद्धति र संस्थागत निर्णयको सन्देश दिने मुख्य दायित्व देशका प्रमुख दुई राजनीतिक दल सत्तारुढ नेकपा र विपक्षी कांग्रेसको काँधमा छ । तर, आन्तरिक झगडामा फसेका दुवै दल विधि–पद्धति र संस्थागत निर्णयमा होइन, सीमित नेताको सोच र गतिविधिमै चलेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।
समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बैठक बोलाएको थापाले बताए ।