छोटकरीमा : आज - २०७७ मंसिर १७, बुधबार

आज गिरफ्तार गरिएका नेता रामचन्द्र पौडेल रिहा, बूढीगण्डकी डुबान प्रभावित आन्दोलित, भारतले जित्यो तेस्रो वान डे, बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, जापानमा बस्ने सबैलाई कोरोनाको खोप निःशुल्क लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।



तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेता पौडेलले भने आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका छन् । निषेधाज्ञाको अटेरी गर्दै पुल उद्घाटन गर्न खोजेको आरोपमा पक्राउ परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भइसकेका छन्। प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार पौडेलसहित १२ जना कांग्रेस कार्यकर्ता र नेकपाका ६ जना कार्यकर्ता साँझ पौने ६ बजे ससम्मान रिहा भएका हुन् ।



 बानेश्वरको आइप्लेक्स मलमा मानिसको चहलपहल उस्तै छ जसरी कोभिडअघिका समयमा हुने गर्दथ्यो । पसलहरु खुलेका छन् । ग्राहकहरु आउने जाने क्रम जारी छ । पार्किङमा गाडी भरीभराउ छन् । पहिलाझैं अस्तव्यस्त देखिने यो महलमा खाली एउटा कुरा भने बन्द छ- मलभित्रको फिल्म हल । 



विगतमा पटक–पटक चोरी अभियोगमा पक्राउ परी छुटेका गंगाबहादुर थापालाई महानगरीय अपराध महाशाखाले निगरानीमा राखेको थियो । गत १२ मंसिरमा महाशाखाले शंका लागी खानतलासी लिँदा उनको साथबाट ११ लाख ८६ हजार पाँच सय रुपैयाँ बरामद भयो । त्यस रकमबारे अनुसन्धान गर्दै जाँदा उनी चोरी नभई सुन तस्करीमा संलग्न रहेको पत्ता लाग्यो ।



स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धित कानुनको संख्या धेरै भएको र एक कानुन अर्कोसँग बाँझिने भएकाले काम गर्न नसकिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले कानुनहरू धेरै भएकाले काममा बाधा आएको बताएका हुन् । 



२०७७ मंसिर १७, बुधबार बिहान, यो लेख तयार पार्दै गर्दा काठमाडौंको मुटु मानिने रत्नपार्कको हावामा पीएम २.५ भनिने सूक्ष्म धूलोका कणको मात्रा ‘एयर क्वालिटी इन्डेक्स’ को मापनमा १९५ थियो । सोही समयमा काठमाडौं उपत्यकाका अन्य चार स्थानमा राखिएका त्यस्ता मापनकेन्द्रहरू — भैंसेपाटी, झम्सीखेल, फोहरा दरबार, अमेरिकी दूतावास महाराजगन्ज — मा पीएम २.५ को मात्रा क्रमशः १६०, १३४, १५९ र १२२ थियो ।



अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविनै सुरु भएको नेकपाको सचिवालय बैठक केहीबेर बसेर स्थगित भएकाे छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक केहीबेर बसेर स्थगित भएको जानकारी दिए।


बैठकमा प्रधानमन्त्री ओलीलाई उपस्थित गराउन पहल गर्ने र त्यसका लागि समय दिने कुरामा सबै सदस्यले एक मतले निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए । ओलीको उपस्थितिमा नै बहस गर्दा विवेकपूर्ण हुने ती नेता सुनाउछन् । बैठकले ओलीलाई बैठकमा आउन तीन दिने अल्टिमेटम पनि दिएको छ।



 उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् । 



बूढीगण्डकी जलविद्युत आयोजना डुबान प्रभावित नागरिक आन्दोलनमा उत्रिएका छन् । मोडालिटी टुङ्ग्याएर आयोजनाको निर्माण चरणमा लैजान तथा घरगोठ र फलफूलको मुआब्जा वितरण तत्काल गर्न भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।



न्यायपरिषद्का नवनियुक्त सदस्य रामप्रसाद श्रेष्ठले बुधबारबाट कार्यभार सम्हालेका छन् । उनले परिषदबाट हुने सिफारिसलाई पारदर्शी बनाउने बताए ।

वरिष्ठ अधिवक्ता श्रेष्ठलाई नेपाल बार एसोसिएसनले कात्तिक २२ मा परिषद् सदस्यका लागि सिफारिस गरेको थियो । संसदीय समितिले उनलाई मंसिर १२ मा सर्वसम्मतिका साथ अनुमोदन गरेको थियो भने मंगलबार औपचारिक रूपमा उनको नियुक्ति भएको हो । 



बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ ।



विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण विश्वमा महिलाविरुद्धको लैंगिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागूऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) को अध्ययनले देखाएको संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताए ।



— बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान तथा दक्ष कामदार भित्र्याउन नयाँ प्रणाली सुरु गरेको अधिकारीहरुले जनाएका छन् । 



जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रूपमा कोरोना भाइरसबाट संक्रमित भेटिइरहेका वेला जापानको संसद्ले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।



चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले घोषणा गरेको छ । मानवरहित उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने बुधबार चीन सरकारले जनाएको छ ।

चांगे– ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक