तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेता पौडेलले भने आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका छन् । निषेधाज्ञाको अटेरी गर्दै पुल उद्घाटन गर्न खोजेको आरोपमा पक्राउ परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भइसकेका छन्। प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार पौडेलसहित १२ जना कांग्रेस कार्यकर्ता र नेकपाका ६ जना कार्यकर्ता साँझ पौने ६ बजे ससम्मान रिहा भएका हुन् ।
निषेधाज्ञाको अटेरी गर्दै पुल उद्घाटन गर्न खोजेको आरोपमा पक्राउ परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । प्रहरीले नेता पौडेललाई दिउँसो पौने ३ बजेदेखि साँझ पौने ६ बजेसम्म नियन्त्रणमा राखेको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभिष्टको प्रदर्शन गरेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा दुई वडा जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार तनहुँ प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् ।
यसैबीच झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको घटनाको भत्र्सना गर्दै कांग्रेसको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । तनहुँमा आज वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिइनु सत्ताको चरम दुरुपयोग भएको पनि उनले बताएका छन् ।
निषेधाज्ञाको अटेरी गर्दै पुल उद्घाटन गर्न खोजेको आरोपमा पक्राउ परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । प्रहरीले नेता पौडेललाई दिउँसो पौने ३ बजेदेखि साँझ पौने ६ बजेसम्म नियन्त्रणमा राखेको थियो ।
निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो ।
नेपाल विद्यार्थी संघले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको विरोधमा माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । नेविसंघ अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा संघले विरोध कार्यक्रम गरेको हो ।