पशुपतिमा राखियो दाउराबाट शव जलाउने मेसिन

१७ मंसिर, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने ९आधुनिक वातावरणमैत्री शवदाह गृह० मेसिन जडान गरेको हो । यसअघिको विद्युतीय शवदाह गृह पनि सन्चालनमा छ ।

कोरोनापछि यी शवदाह गृहमा संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ । हिन्दु परम्पराअनुसार शव दाउराबाटै जलाउने मान्यता राख्नेहरुले दाउराबाटै शव जलाउने गर्छन् ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ । वातावरणमैत्री, काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने भएकाले यो मेसिन जडान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताएका छन् ।

त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयको सरोकारसमेत सम्बोधन हुने गरी गुरुयोजनालाई अन्तिम रुप दिने काम भइरहेको छ’, उनले भने, ‘अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यहि गुरुयोजना अधिनस्थ भएर हुनेछन् ।’

कोभिड–१९ का कारण बन्द रहेका धार्मिक/सांस्कृतिक गतिविधिहरु अब स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति मन्दिर पनि खुला रहने जानकारी उनले दिए ।

पशुपतिका धार्मिक÷/सांस्कृतिक गतिविधि खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न/गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिए ।

 

पशुपतिनाथ मन्दिर शवदाह गृह

सम्बन्धित सामग्री

कहिले लागू हुन्छ आर्यघाटमा दाउरा निःशुल्क गर्ने वन मन्त्रीको घोषणा ?

१९ माघ, काठमाडौं । बुधबार आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले पशुपति आर्यघाटमा शव जलाउन आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउने योजना सुनाए । आर्थिक अभावका कारण शव जलाउन नपाउने …

अनलाइनखबर

पशुपतिमा आधुनिक शवदाह गृह संचालनमा, दाउराको प्रयोग ६० प्रतिशत कम हुने

काठमाडौं : पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह संचालनमा ल्याइएको छ। एभरेष्ट बैंक लिमिटेडको सहयोगमा निर्माण गरेको वातावरण मैत्री र प्रदुषण रहित शवदाह गृह बुधबारदेखि संचालनमा आएको हो। एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले

पहिलो पोस्ट

विद्युतीय शवदाह गृहमा ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याइने

पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।

नागरिक दैनिक

पशुपतिको सम्पत्तिमा व्यक्ति र स्वार्थ समूहले आँखा गाडे : पर्यटनमन्त्री

२८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिरको सम्पत्तिमा व्यक्ति तथा समूहहरुले आँखा गाडेको बताएका छन् । आइतबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले निजी स्वार्थका लागि पशुपतिनाथको सम्पत्तिमा …

अनलाइनखबर

पशुपति क्षेत्रको सौन्दर्यीकरण गर्छौं : मन्त्री भट्टराई

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यीकरण गरिने बताएका छन्।​ पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। सो द्वार नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको हो।  ...

थाहा खबर

पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन्। पशुपती मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए।

नागरिक दैनिक

पशुपतिमा पर्यटन मन्त्रीकाे आठ घण्टा : मन्दिरदेखि शाैचालयसम्मकाे निरीक्षण

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले शनिबार पशुपतिनाथ क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । मन्त्री भट्टराईले पशुपति क्षेत्र  विकास कोषको चार किल्लाभित्रको समग्र क्षेत्रको आठ घण्टा पैदल हिँडेर निरीक्षण गर्नु भएको हो । पर्यटन मन्त्रीका साथमा मन्त्रालयका सचिव केदारबहादुर अ...

उज्यालो अनलाइन

‘राष्ट्रियगानको निर्देशन दिनेहरु पशुपतिमा आरती हेर्न जानुस्’

२२ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनपछि पशपुति मन्दिर परिसरमा आरती शुरु हुनुपूर्व राष्ट्रिय गान गाउन थालिएको छ । तर, धेरैलाई यो मन परेको छैन । नजिकै घाटमा शवहरु जलिररहेका …

अनलाइनखबर