नवजात शिशुमा पनि देखियो कोरोना एन्टिबडी

१४ मंसिर, काठमाडौं । सिंगापुरमा एक महिलाले एन्टिबडीसहितको बच्चाको जन्म दिएकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त महिला गर्भवती हुँदाको अवस्थामा नै कोरोनाबाट संक्रमित भएकी थिइन् । यससँगै आमाको शरीरमा कोरोना एन्टिबडी बच्चामा पनि सर्न सक्छ भन्ने नयाँ क्लु फेला परेको छ ।

नोभेम्बरमा नै जन्मिएको उक्त बच्चामा कोरोना संक्रमण नभएको तर उसको शरीरमा कोरोना एन्टिबडी पाइएको हो । बच्चाकी आमा केलाइन एनजी चाङले डाक्टरहरुले आफूबाट बच्चामा एन्टिबडी सरेको हुन सक्ने बताएको बताएका छन् ।

चाङ यसअघि गत मार्चमा कोरोना संक्रमित भएर साढे दुई साता अस्पतालमा बसेर डिस्चार्ज भएकी थिइन् । उनले नेशनल युनिभर्सिटी अस्पिटलमा एन्टिबडीसहितको बच्चालाई जन्म दिएकी हुन् । यस विषयमा हस्पिटलले भने कुनै प्रतिक्रिया दिएको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अहिलेसम्म आमाबाट बच्चामा कोरोना एन्टिबडी सर्छ वा सर्दैन भन्ने थाहा नभइसकेको बताएको छ । अहिलेसम्म आमाको दूधमा कोरोना भाइरस भेटिएको छैन । डाक्टरहरुले भने यस किसिमको घटना दुर्लभ हुने बताएका छन् ।

स्रोत : रोयटर्स

सम्बन्धित सामग्री

कोरोना भाइरसविरुद्धको एन्टिबडी परीक्षण विध ल्याबमा

विध ल्याबमा कोरोनाभाइरसविरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ । यो सेवा आइतबारबाटै सुरु गरिएको ल्याबले जनाएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुन सक्ने सम्भावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण सुरु गरेको जनाएको छ ।यसअघि, कोरोना परीक्षण गराउँदै आएको ल्याबले शरीरमा प्रचुर एन्टिबडी बनेको छ […]

कारोबार दैनिक

कोभिड एन्टिबडी मानिसको शरीरमा 'कम्तीमा ६ महिना बस्छ' - BBC News नेपाली

एउटा अध्ययनका अनुसार शरीरमा जति धेरै एन्टिबडी भयो फेरि सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुने देखाएको छ।

बीबीसी नेपाली

अब चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य

१७ कात्तिक, काठमाडौं । नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ । यसका साथै सिरम …

अनलाइनखबर

कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी पत्ता लाग्यो

अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउन...

उज्यालो अनलाइन

कोरोना भाइरसविरुद्धको खोप

खोप भाइरसको निष्क्रिय रूप वा यसको जिन प्रोटिनबाट तयार गरिन्छ । खोप लगाएपछि स्वस्थ व्यक्तिको शरीरमा रोगसँग लड्ने एन्टिबडीको विकास हुन्छ । एकपटक एन्टिबडी सक्रिय भएपछि त्यो भाइरस हाम्रो शरीरमा प्रवेश गरे पनि शरीरले त्यसलाई चिन्छ अनि नष्ट गर्दछ । एकपटक खोप लगाएपछि त्यसले आजीवन काम गर्न पनि सक्छ, छोटो अवधि काम गर्न पनि सक्छ । छोटो अवधिमात्र काम गर्ने खोप उत्पादन भयो भने बुस्टर डोज दिनुपर्ने हुन्छ । खोप निर्माणका लागि विभिन्न चरण हुन्छन् जस्तै, प्रयोगशा

गोरखापत्र

तीन संक्रमितको मृत्यु सुदूरपश्चिममा खतराको घण्टी

घटना १ : धनगढी उपमहानगरपालिका– ४ कि ५५ बर्षकी महिलाको २३ जेठमा सेती प्रादेशिक अस्पतालमा मृत्यु हुँदासम्म उनमा कोरोना संक्रमण भएको कसैले सोचेको पनि थिएन । र्‍यापिड टेस्ट विधिबाट परीक्षण गर्दा एन्टीबडी नेगेटिभ आएको उनको …

अनलाइनखबर

हेटौंडामा र्‍यापिड टेस्टमा ४ जनामा कोरोना एन्टीबडी पोजेटिभ

४ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव सभागृहमा भएको …

अनलाइनखबर

प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखिएको छः निजी चिकित्सक शर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि प्रधानमन्त्री सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिसमा प्रधानमन्त्री ओली सिंगापुर गएको स्पष्ट पारे । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे ।

कारोबार दैनिक