छोटकरीमा : आज-२०७७ मंसिर ११, बिहीबार

नेपाल र भारतबीचको सीमालगायत समस्या वार्ताबाटै समाधान गर्ने प्रधानमन्त्रीको दाबी, राजनीतिक दलहरुलाई जिम्मेवारी बोध गर्न अपिल, एउटा परेवाको मूल्य १४ करोड, सुरक्षाको माग गर्दै स्यान्टियागोमा महिलावादीहरूको प्रदर्शन लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् । आफूसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।



सत्तारुढ नेकपाभित्र विवाद उत्कर्षमा रहेका बेला नागरिक समाजका केही व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै उनीहरूले राजनीतिक दलहरूलाई जिम्मवारी बोध गर्नका लागि आह्वान पनि गरेका छन् । 



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनबाट यो साता हुने उच्चस्तरीय भ्रमणमा नेपालको सन्देश स्पष्ट भएको जानकारी दिएका छन् । संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिमा प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएका उनले दुवै मुलुकसँग मिलेर जानेबाहेक नेपालको अन्य सन्देश नहुने बताए ।



सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सञ्चारविज्ञका रूपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र बिहीबार मानन्धरलाई प्रदान गरेका हुन् ।



नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भारतीय विदेश सचिव श्रृंगलाले यसअघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेका थिए ।



दशैंअघि योजनाको पेश्की भुक्तानीको सम्बन्धबाट सुरु भएको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीच भएको विवादले काम कारबाही प्रभावित भएको छ ।



राजधानीका ९१ सामुदायिक विद्यालयमा नेपाल भाषा (नेवार) पठनपाठन हुने भएको छ । चालु वर्षको शैक्षिक सत्र सकिने बेलामा काठमाडौं महानगरपालिकाले यसको तयारी गरेको हो । शिक्षक नियुक्ति तथा तालिमको व्यवस्था प्रक्रियामा छ ।



ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक (एसपी)माथि कारबाही अघि बढाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो ।



ओलम्पियन दीपक विष्टलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तेक्‍वान्दोका कीर्तिमानी खेलाडी विष्टले बिहीबार फेसबुकमार्फत आफूलाई कोरोना देखिएको बताएका छन् ।



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा भएको ढिलाइमा सरकार मात्रै दोषी नभएको दाबी गरेका छन् । संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रुपमा उपस्थित मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।



स्यान्टियागोमा महिलावादीहरूले महिला अधिकारको माग गर्दै प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिला जम्मा भएर महिला हिंसाविरुद्ध नारा लगाएका हुन् । 



टेस्ला कम्पनीका मालिक एलन मस्कले २०२० मा मात्र आफ्नो सम्पत्तिमा १००.३ अर्ब डलर थपेपछि उनले विश्‍वको सर्वाधिक धनी व्यक्तिहरुमा, माइक्रोसफ्टका बिल गेट्सलाई हराएका छन् ।

४९ वर्षीय मस्कको सम्पत्ति, टेस्लाको सेयरमा भएको ठूलो वृद्धिपश्चात् ७.२. अर्ब डलरबाट बढेर १२७.९ अर्ब डलर पुगेको हो । सोमबारको दिनमा मात्र मस्कको सम्पत्तिमा ७.२ अर्ब थपिएको थियो । 



२०औँ शताब्दीकै महान् खेलाडी डिएगो म्याराडोनाले बुधबार राति अन्तिम सास लिए । सन् १९८० देखि १९९० सम्मका विश्वकप तथा युरोपियन फुटबलमा तहल्का पिटेका म्याराडोनाको निधनले विश्वभरका फुटबलप्रेमीलाई स्तब्ध बनाएको छ । उनको मृत्युपछि अर्जेन्टिनाको राजधानी बुनोस आयर्समा हजारौँ समर्थक सडकमा भावुक हुँदै श्रद्धाञ्जली दिइरहेका छन् । उनीहरू अझै पनि पत्याउन सकिरहेका छैनन् कि ‘फुटबलका भगवान्’ले संसार छाडिसके । 



नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता हस्तान्तरणका लागि राष्ट्रपति कार्यालय ह्वाइटहाउसले गरेको समन्वय इमानदार भएको बताएका छन् । ‘यसका लागि ह्वाइटहाउस अनिच्छुक छैन र मलाई लाग्छ यो त्यस्तो हुने छैन,’ एनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा बाइडेनले भने ।



एउटा परेवाको मूल्य कतिसम्म पर्ला ? तपाईं कति रुपैयाँ तिरेर किन्नुहुन्छ ? हजार..., १० हजार... वा सोभन्दा कम ? तर बेल्जियमा भएको एउटा परेवा १९ लाख डलर (भारु १४ करोड) रुपैयाँभन्दा बढी तिरेर किनिएको छ ।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक