छोटकरीमा : आज- २०७७ मंसिर ०८, सोमबार

आज 'दश महिनासम्म भेटिएन उपसभामुखको अनुहार', 'प्रचण्डलाई भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत यान्छी', 'अक्सफोर्ड युनिभर्सिटीको खोपले ७० प्रतिशत सुरक्षा दिलाउने', 'नाइजेरियाको मस्जिदमा बन्दुकधारीको आक्रमणबाट पाँचको हत्या, १८ जना अपहरित' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।



सोमबार १,९८० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,२२,२८८ पुगेको छ भने मृत्यु हुनेको संख्या १,३३७ पुगेको छ। हालसम्म नेपालमा २,०२,०६७ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: - => Recovered Today: ३,०४३



प्रधानमन्त्री केपी ओलीले सरकारको खेदो खन्नेहरूले विभिन्न बहाना बनाएर सरकारलाई उल्झनमा पार्न खोजेको बताएका छन् । 

कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा समेटी फिर्ता गर्न सरकार लागेकोमा सरकारको खेदो खन्नेलाई गाह्रो परेको उनले बताए । 



सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको बताएका छन् ।

पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए ।



पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने बताएका छन् । सत्तारुढ नेकपाभित्र विवाद चर्किएको, प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।



बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ । ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



 मुगुको लागि आएको सरकारी अनुदानको चामल भक्तपुर पठाउने व्यापारीलाई जिल्ला प्रशासन कार्यालयले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार दर्ता भएको कालोबजारी सम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइपछि कार्यालयले यस्तो आदेश दिएको हो ।



भारतले बिहीबार र शुक्रबार हुने विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन निकै नै महत्त्वपूर्ण हुने जनाएको छ ।

विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि श्रृंगलाको यो पहिलो भ्रमण हो । नेपालको परराष्ट्र मन्त्रालयले पनि उनको नेपाल भ्रमणको सोमबारै मिति सार्वजनिक गरेको छ ।



 'ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,' कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे ।



कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार बनेर सरकारमा नजाने बताएका छन् । नेकपाको दुई तिहाईको सरकारले जनतालाई अभाव, समस्या र पीडा मात्र दिएको भन्दै अब आउने निर्वाचन कांग्रेसले अवसरको रुपमा लिएर पूरै सदुपयोग गर्ने बताए ।



महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् ।



सभामुख अग्निप्रसाद सापकोटाले सांसद मोहनप्रसाद पाण्डेलाई शपथ खुवाएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन् । 



 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक २९ गते १९ वर्षीया सुत्केरीको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनी पाँच दिनकी सुत्केरी थिइन् । कात्तिक २७ गते उच्च रक्तस्रावका कारण दिपायल सिलगढी नगरपालिका–४ की ३० वर्षीय डम्बरीदेवी साहु कठायतले पनि ज्यान गुमाइन् ।



‘खै उपसभामुख ? संविधानको धारा ९१(१) भन्छ, ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुख निर्वाचित गर्नेछन् ।’ कहिले देख्न पाइने उपसभामुख ? कसको जिम्मेवारी हो उपसभामुख पूर्ति ? को किन चुक्यो यस जिम्मेवारीबाट ? अब कहिले ?’



बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् । 

पनौती नगरपालिका– ८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशासनका ठूला कुरा गरेर सुशासन नहुने बताए ।



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम रूपमा अन्तर्द्वन्द्व चर्किरहेका वेला चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ । 

केही दिनअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेकी नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । 



पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । नाकाबन्दीका बाबजुद कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो भित्र्याउने गरेका छन् । 

अनेक बहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य बाहिर आएको छ । 



बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोभिड– १९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । सुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको यस खोपको तेस्रो चरणको परीक्षणको तथ्यांक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।



नाजेरियाको एक मस्जिदमा बन्दुकधारीहरूले आक्रमण गरी पाँचजनाको हत्या गरेका छन् भने १८ जनालाई अपहरण गरी लगेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीले आक्रमण गरेको प्रहरीले आइतबार पुष्टि गरेको हो । 



अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी विदेशमन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेननिकट स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेशमन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।



 रियल सोसिडाडले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले साँघुरो जित निकालेको हो ।

सोसिडाडले काडिजलाई १–० गोल अन्तरले पराजित गरेको हो ।


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक