चितवन घटनालाई संकेत गर्दै शंकर पोखरेलले भने: जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ

चितवनमा शनिबार भएको घटना (नेता सुरेन्द्र पाण्डेलाई कार्यकर्ताबाटै दुर्व्यवहार) लाई संकेत गर्दै नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले यस्तो प्रवृत्तिले पार्टी कमजोर बन्ने बताएका छन्।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले पार्टी नेतृत्व तहले स्वार्थको टकरावमा विवेक गुमाउँदा माथिदेखि तलसम्मै पार्टीको बदनाम हुने चिन्ता व्यक्त गरेका हुन्।  

आइतबार पाखरेलले फेसबुकमा लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ।’

प्रकाशित: ७ मंसिर २०७७ १३:०५ आइतबार

शंकर पोखरेल

सम्बन्धित सामग्री

पाण्डेमाथि भएकाे घटनाकाे घाेर निन्दा र भर्त्सना गर्दछु : झलनाथ खनाल

काठमाण्डाै – चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।  चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएको हो ।  यो व्यवहारलाई लिएर नेकपा...

उज्यालो अनलाइन

माघभित्रै पार्टी एकता प्रक्रिया टुंगिन्छ : मन्त्री पाेखरेल

सुनसरी : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले माघ महिनाभित्र पार्टीको एकता प्रक्रिया टुंग्याउने बताएका छन्। शनिबार नेकपा सचिवालय सदस्य पोखरेलले इटहरीमा नेकपाका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गदै माघ महिनाभित्र एकता सकेर फागुन र चैतमा देशब्यापी अभियान संचालन गरिने सुनाए। नेकपा सचिवालय सदस्य पोखरेलले नेकपाको दुई...

थाहा खबर