पाण्डेविरुद्ध नाराबाजीको घटनाप्रति नेकपा चितवनले भन्यो: अराजक व्यक्तिहरुको झुण्डबाट सुनियोजित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेप्रति भएको अभद्र व्यवहारप्रति खेद प्रकट गरेको छ। चितवन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डे नेकपा राप्ती नगर कमिटीको तेस्रो बैठकमा बोल्दै गर्दा शनिवार उनीविरुदध पार्टीका नेता-कार्यकर्ताले नाराबाजी गरेका थिए।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार 'इन्द्रजीत' र सचिव कृष्णभक्त पोखरेलले आइतवार विज्ञप्ति जारी गर्दै मदन भण्डारी फाउन्डेसन सञ्चालन गर्दै आएका केही अनुशासनहीन र अराजक समूहले उक्त घटना घटाएको ठम्याइ गरेको छ।

'विगत केही दिनदेखि पार्टीको विधान र केन्द्रीय कार्यालयको पाँचौं अन्तरपार्टी निर्देशन विपरीत मदन भण्डारी फाउन्डेसन सञ्चालन गर्दै आएका केही अनुशासनहीन र अराजक समूहले पार्टी नेताहरुको मानमर्दन गर्ने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचारका साथै अनुशासनहीन गतिविधि गर्दै आएको जानकारी हुन आएको छ त्यस्ता अराजक व्यक्तिहरुको झुण्डबाट नै सुनियोजितरुपमा उक्त घटना घटाइएको हो भन्ने हाम्रो बुझाइ छ,' विज्ञप्तिमा भनिएको छ।

सो घटनामा संलग्न व्यक्तिलाई छानबिन गरी कार्बाही गर्ने जानकारी दिएका छन्।

'यस्ता अराजक गतिविधिबाट पार्टीका कुनै पनि कमिटी तथा कार्यकर्ताहरु प्रभावित नहुन र पार्टीको विधि, विचार र सिद्धान्त बमोजिम सांगठनिक कार्यमा लाग्न जिल्ला कमिटी चितवन आह्वान गर्दछ साथै घटनामा संलग्न त्यस्ता अराजक व्यक्तिहरुलाई छानविन गरी पार्टी विधान बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित सामग्री

नेकपा चितवनबाट छानबिन माग

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद

बाह्रखरी

पाण्डेमाथि भएकाे घटनाकाे घाेर निन्दा र भर्त्सना गर्दछु : झलनाथ खनाल

काठमाण्डाै – चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।  चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएको हो ।  यो व्यवहारलाई लिएर नेकपा...

उज्यालो अनलाइन

नेकपा स्थायी कमिटी बैठक : आठ सदस्यले राखे धारणा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज पनि आठ जना सदस्यले धारणा राखेका छन्।  आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृत कुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गरेको महासचिव विष्णु पौ...

थाहा खबर