सर्वसाधरणका लागि खुल्यो नारायणहिटी दरबारभित्रको ‘श्रीसदन’

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन शनिवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन यसअघि सर्वसाधरणको लागि बन्द थियो।

दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए। राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो। विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो।

शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्रीसदन प्रदर्शनीकक्ष उद्घाटन गर्दै नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहास बुझ्ने एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए।

‘इतिहास कसैको दुश्मन हुँदैन, त्यो एउटा घटना हो। यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछु’ उनले भने।

श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुने भन्दै उनले दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा बताए। उनले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षात इतिहासका रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गरे।

पर्यटनमन्त्री भट्टराईले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली र उनको परिवारलाई बुझ्न सहयोग पुग्नाका साथै नेपाली मात्र नभई विदेशी विश्वविद्यालयबाट अध्ययनअनुसन्धान गर्नेका लागि महत्वपूर्ण सामग्री प्रदान भएको बताए।

के के छ श्रीसदनमा

श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ। दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ।

ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भर्‍याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ। स्व राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ। स्व ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा छन्। रासस

सम्बन्धित सामग्री

लकडाउन र निषेधाज्ञापछि नारायणहिटीमा चहलपहल

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेबाट भएको लकडाउनसँगै बन्द भएको नारायणहिटी संग्रहालय खुलेको छ। संग्रहालय अवलोकनका लागि फट्टफुट्ट सर्वसाधारण आउन थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गर्दै संग्रहालय खुला गरिएको त्यहाँको प्रशासनले जनाएको छ। शनिवारबाट तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन सर्वसाधारणका लागि खुला

पहिलो पोस्ट

यस्तो छ राजा वीरेन्द्रको निवास, सर्वसाधारणले पनि हेर्न पाउने

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’

बाह्रखरी

नारायणहिटीकाे ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका

नयाँ पत्रिका

राजा वीरेन्द्रकाे निजी निवास 'श्री सदन' सर्वसाधारणका लागि खुला

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शन...

उज्यालो अनलाइन

तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्री सदन सर्वसाधारणका लागि खुला

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’

बाह्रखरी

यस्तो छ पूर्वराजा वीरेन्द्रको निजी निवास [ फोटो फिचर ]

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि सर्वसाधारणका लागि खुला भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक …

अनलाइनखबर

पूर्वराजा वीरेन्द्रको निजी निवास आइतबारदेखि अवलोकन गर्न पाइने

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन …

अनलाइनखबर

खुला भएन श्रीसदन

कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो ।

गोरखापत्र

तत्कालका लागि रोकियो राजा वीरेन्द्रको निजी निवास खुला गर्ने योजना

दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणलाई अवलोकनका लागि खुला

नयाँ पत्रिका