पार्टीमा विवाद छ तर फुट्दैन, पार्टी कमिटीकाे निर्णय दुवै अध्यक्षले मान्नुपर्छ : नेता रावल

डोटी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए पनि कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जाने छ ।’

नेता रावलले सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन ।’ नेकपाका सबै नेताहरु लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिवार्य मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई पनि छुट नभएको उहाँले बताउनुभयो । 

जनमतको कदर गर्नकै लागि भए पनि पार्टी सधैँ एक ढिक्का भएर जानेसमेत उहाँको भनाइ छ । 

फरक प्रसङ्गमा बोल्नुहुँदै नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जो केहीलाई पनि कारबाही हुने बताउनुभयो । नेकपा सरकारको पालामा भ्रष्टाचार बढ्यो भन्नु प्रतिपक्षको आरोप भएकाले त्यस्ता आरोपमा कुनै विश्वास नभएको उहाँको भनाइ थियो ।

‘हामी नागरिकको रक्षा र देशको विकासका लागि सरकारमा गएका हौँ’, उहाँले भन्नुभयो, ‘नेकपा सरकारको पालामा विकासका गतिले तिव्रता पाएपछि प्रतिपक्षले भ्रष्टाचार ग¥यो भन्ने आरोप लगाएका हुन्, यो आरोप निराधार छन् ।’ 

सम्बन्धित सामग्री

‘नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्‍ने आस नगर्नू’

इलाम : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनै हालतमा नफुट्ने दाबी गरेका छन्। नेकपाभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्न पनि बताए।  सोमबार गृह जिल्ला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा उनल…

थाहा खबर

नेकपा माटोको हाँडी हैन, प्याट्ट फुटाउनलाई: भीम रावल

नेकपाका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा पार्टी कसैले चाहेर पनि अहिल्यै नफुट्ने बताएका छन्। धनगढीमा आइतबार दिउँसो आयोजित पत्रकार भेटघाटमा नेता रावलले नेकपा पार्टी एक/दुई जनाले चाहँदैमा नफुट्ने बताएका हुन्।

नागरिक दैनिक

पार्टी माटाेकाे हाँडी हाेइन, कसैले लट्ठीले हानेर फुट्दैन : नेता रावल

कैलाली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने बताउनुभएको छ । कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तर्विरोधका कारण पार्टी नफुट्ने बताउनुभएको हो । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता रावलल...

उज्यालो अनलाइन

अहिलेकाे नेकपा विवादकाे कारण कार्यशैली नै हाे : मन्त्री अर्याल

स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । मन्त्री अर्यालले भन्नुभयो, ‘ढुक्क हुनुहोस्, नेकपा कुनै पनि हालतमा फुट्दैन ।’  स्याङ्जाका पत्रकारहरूसँगको भेटघाटमा मन्त्री अर्यालले जीवन्त पार्टीमा छल...

उज्यालो अनलाइन

ढुक्क हुनोस् नेकपा फुट्दैन, किनकि ....... !

अस्तिताकासम्म सत्तारुढ नेकपा नफुटोस् भनेर कामना गर्नेहरु हिजोआज भन्न थालेका छन् : ‘आ फुटे नि फुटोस् ! जुटेर पो के भएको छ र ?’ पछिल्लोपटक दुई अध्यक्षका दुई थरी कुरा र आपसी आरोप-प्रत्यारोप सुनेका धेरैलाई नेकपा फुट्ने नै भयो भन्ने लागेको छ । तर ढुक्क भए हुन्छ, कम्तिमा अर्को चुनावसम्म नेकपा कुनै हालतमा पनि फुट्दैन...

उज्यालो अनलाइन

नेकपा नेता विष्णु रिजाल भन्छन् - ओली नेतृत्वको सरकार पाँच बर्ष चल्छ

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् । रिजालले एक ट्वीट गदै भनेका छन्,'नेताहरुको मनस्थिति र वर्तमान …

अनलाइनखबर

प्रचण्डद्वारा ओलीसंग विवाद हुने गरेको स्वीकार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने दाबी गरेका छन् । विहीवार बाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ...

नेपाल आज

प्रधानमन्त्रीको छेउबाट भीम रावललाई ज्यान मार्ने धम्की दिने को?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारबाट ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । नेता रावलले आफ्नो ...

नेपाल आज