ओली पक्षका कार्यकर्ताले सुरेन्द्र पाण्डेविरुद्ध गरे नाराबाजी (हेर्नुस् भिडियो)

काठमाडाैं : चितवनको राप्ती नगरपालिकामा शनिबार नेकपा पार्टीको नगर कमिटी बैठकमा पार्टीकै नेता तथा चितवन नेकपा सांसद सुरेन्द्र पाण्डेविरुद्ध पार्टीकै कार्यकर्ताले नाराजुलुस गरेका छन्। 

उक्त कार्यक्रममा ओली पक्षका कार्यकर्ताले जबज जिन्दावाद, मदन भण्डारी जिन्दावाद, केपी ओली जिन्दावाद भन्दै नाराबाजी गरेका थिए। नेता पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट हुन्। उनलाई पार्टीमा फुट निम्त्याएको, ओली सरकार ढाल्न प्रचण्ड तथा माधव नेपाल नेता समूहमा लागेको आरोप कार्यकर्ताहरुले लगाएका छन्। 

राप्ती नगर कमिटीले आयोजना गरेको कार्यक्रममा भनाइ राख्ने क्रममा उनीविरुद्ध एक्कासि ओलीनिकट कार्यकर्ताले नाराबाजी गरी कार्यक्रम बिथोलिदिएका थिए। 

 

पत्रकार रामकृष्ण अधिकारीको फेसबुकबाट

सम्बन्धित सामग्री

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

चितवनमा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको छ। शनिबार राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजित राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नाराबाजी गरेका हुन्।

नागरिक दैनिक

विप्लवका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ पक्राउ

९ चैत, काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ८ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ८ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्रेको हो । महानगरीय …

अनलाइनखबर

चितवनमा प्रहरी र विप्लवका कार्यकर्ताबीच घम्साघम्सी, प्रहरी जवान घाइते

२७ जेठ, चितवन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा चितवनमा एक प्रहरी जवान घाइते भएका छन् । नेकपाका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र …

अनलाइनखबर