पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

चितवनमा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको छ। शनिबार राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजित राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नाराबाजी गरेका हुन्। पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको हो।

बैठकलाई सम्बोधन गर्दै नेता पाण्डेले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि नाराबाजी सुरु भएको राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले बताए। पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भएको स्याङ्बोले बताए। नाराबाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध समेत भएको थियो।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चितवनमा नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्सर्ना गरेका छन्। सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवम् सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन्। यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उनले बताएका छन्।

नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भत्सर्ना गर्दछु। सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु।’

प्रकाशित: ६ मंसिर २०७७ १९:२१ शनिबार

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे कार्यक्रममा नाराबाजी

सम्बन्धित सामग्री

‘यो पार्टी ओली एण्ड प्रचण्ड लिमिटेड कम्पनी होइन, दुबैलाई हटाउन सकिन्छ’

१६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे नेकपाभित्र स्पष्ट वक्ता मानिन्छन् । यद्यपि उनी अहिलेको ध्रुवीकरणमा माधव नेपाल पक्षमा छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा …

अनलाइनखबर

'रोजगारी बढाउने नाममा पैसा नछरौं, एकै बास्केटबाट खर्च गरौं'

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले बिहीबार प्रस्तुत गरेको बजेट सकारात्मक रहेको टिप्पणी गरेका छन्।  नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको श्रव्य दृश्य छलफलका क्रममा पूर्वअर्थमन्त्री पाण्डेले मानव स्वास्थ्य र अर्थतन्त्रको स्वास्थ्य बिग्रेको बेलामा जस्तो बजेट आउनुप...

थाहा खबर

पूँजीगत खर्च ५० प्रतिशतमै सीमित हुन सक्छ : पूर्वअर्थमन्त्री पाण्डे

२९, चैत, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चालु आर्थिक बर्षको पुँजीगत खर्च ५० प्रतिशतको हाराहारीमा रहन सक्ने बताएका छन् । चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीलाई ‘गेस्ट …

अनलाइनखबर

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

७ भदौ, काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ …

अनलाइनखबर

पूर्वअर्थमन्त्री भारतमोहन अधिकारीको निधन

१८ फागुन, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वषर्ीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।अधि कारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार …

अनलाइनखबर

डा. महतको अर्थनीतिले मुलुकको अर्थतन्त्र ध्वस्त : मन्त्री यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्वअर्थमन्त्री डा. रामशरण महतको अर्थनीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाएका छन्। मन्त्री यादवले कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि दिइएकोमा पनि आक्रोश व्यक्त गरे। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ...

थाहा खबर