सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार : योगेश भट्टराई भन्छन्– हुलहुज्जत बहुदलीय जनवादको कोर्स

मुख्य समाचार डिजिटल संस्करण

सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार : योगेश भट्टराई भन्छन्– हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन

२०७७ मङ्सिर ६ शनिबार १८:५१:००

नेकपाका स्थायी समिति सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत जनताको बहुदलीय जनवादको कोर्स हुन नसक्ने बताएका छन् ।

स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगर कमिटीको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताहरूले नाराबाजी गर्दै दुर्व्यवहारको प्रयास गरेपछि भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो ।’ 

पाण्डेमाथि दुर्व्यवहारकाे प्रयास भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

तत्कालीन एमालेको नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवारसमेत रहेका पाण्डे ईश्वर पोखरेलसँगको कडा प्रतिस्पर्धामा सात मतले पराजित भएका थिए ।
 

#योगेश भट्टराई # सुरेन्द्र पाण्डे

सम्बन्धित सामग्री

२०२२ मा नेपालको पर्यटन दौडन्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने

नयाँ पत्रिका

मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । भट्टराईले कोरोना

नयाँ पत्रिका

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । 

गोरखापत्र

‘जनताको जीवनमा सकारात्मक प्रभाव नपारे लुम्बिनीको अर्थ रहँदैन’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव

बाह्रखरी

एमसीसीमा आपत्ति जनाउनु आवश्यक छैन : योगेश भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एमसीसीको मूलभुत उत्तराधिकारी नेपाल सरकार हुने

नयाँ पत्रिका

पर्यटनमन्त्री भट्टराईद्वारा टरिगाउँ विमानस्थलको अनुगमन

दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको

बाह्रखरी

नेपालका हिमालहरु सुरक्षित छन् भन्ने सन्देश दिऔं : मन्त्री भट्टराई

४ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिनुपर्ने बताएका छन् । कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक …

अनलाइनखबर