‘मन्त्रीका ज्वाइँले केपी ओली जिन्दावाद भन्दै नारा लगाए’

चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ मलाई अतिथिका रुपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८/१० जना केटाहरु पनि उहाँसँगै आए ।

अरुले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई वीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरुले पर्रर ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दैथिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने बुझिन्थ्यो ।

मैले बैठकको उदघाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम गर्‍यो भन्ने कुराहरु राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय गर्‍यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले ।

उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए ।

नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो । उहाँलाई अरु साथीहरुले तिनीहरुलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ । त्यसपछि उहाँ झन् आत्तिनुभयो । मचाहिँ उनीहरुले हल्ला गरुञ्जेल हाँसेर बसिरहें ।

मेरो भाषण सकिएको थियो । त्यसपछि अध्यक्षले बोल्ने सेसन अन्त्य गर्नुभयो । १ बजे भरतपुरको अर्को कार्यक्रममा जानुपर्ने थियो, हामी त्यहाँबाट हिँड्यौं ।

यसरी नारा लगाउने अगुवा को थिए त भन्दा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ ।

नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।

मन्त्री दावाजीकै पीए प्रकाश कालाखेती भन्ने पनि नारा लगाउने समूहमा थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको साथीहरुले बताएका छन् । त्यस्तै, केदार आचार्यलाई पनि मैले चिनें । अरु ४/जनालाई मैले देखेर पनि एक/दुईजनाको नाम बिर्सिएँ, अरु तीन/चारजना मैले नचिनेका भर्खरका केटाहरु थिए ।

यो पनि पढ्नुहोस चितवनको नाराबाजीबारे छानविन गर्न नेता नेपालको माग

यो अत्यन्तै गैरराजनीतिक व्यवहार हो । पार्टीको बैठकमा ती नगर कमिटीका सरोकारवाला पनि होइनन् । जगन्नाथको छोरो त अर्को नगरपालिका, खैरहनीको मान्छे हो । राप्ती नगरपालिकाको नगर कमिटीको मान्छे पनि होइन । ऊ त्यहाँको सरोकारवाला मान्छे पनि थिएन ।

यस्तो गैरराजनीतिक व्यवहार गर्नेहरुलाई अनुशासनको कारवाही गर्नुपर्छ । यस्ता मान्छेलाई बोकेर ‘पुस’ गर्ने जुन प्रवृत्ति छ, त्यो पनि गलत कुरा छ । यस्ता व्यक्तिहरुलाई कारवाही गर्नुपर्‍यो । यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु गलत हो । नेताकै आफन्तहरुलाई त झन् नेताहरुले सम्झाउनुपर्‍यो नि । केपी कमरेडलाई भेट्दाखेरि बा भनेर हातमा ढोग्नेहरु हुन् उनीहरु ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

 

सम्बन्धित सामग्री

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आकष्मिक रुपमा बोलाएको बैठक केही बेरअघि बालुवाटारमा सुर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नागरिक दैनिक

प्रधानमन्त्रीद्वारा नियमित स्वास्थ्य परीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधबार नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । त्यहाँ मुुटुको जाँच गराएर उनी निवास फर्किएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली अत्यावश्यक परीक्षण गरी बुधबार नै निवास फर्किएको जानकारी दिए । उनले …

राजधानी दैनिक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र चर्केको किचलो हिजो बसेको सचिवालय बैठकबाट साम्य भएको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै पार्टीभित्रको जटिल अवस्थालाई

पहिलो पोस्ट

प्रधानमन्त्रीका सूचना लुकाइने छैन : नवनियुक्त प्रेस सल्लाहकार थापा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढंगले सूचना प्रवाह गर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताए। उनले आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका

पहिलो पोस्ट

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। सोही बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

सेतोपाटी