पाण्डेमाथि अभद्र व्यवहार गरिनु लाेकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने गतिव

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।

चितवनमा शनिबार भएको कार्यक्रममा नेता पाण्डेले बोलिरहेको समयमा आफ्नै कार्यकर्ता र त्यहाँका स्थानीयले अवरोध गरेका हुन् । राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला पाण्डेलाई अभद्र व्यवहार गरिएकाे हाे ।

यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवहार गरेको भन्दै असन्तुष्ट हुनुभएको छ । सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि यस्ता गतिविधि पटक्कै नसुहाउने उहाँको भनाइ छ ।

नेता नेपालले दुर्व्यवहार गर्नेहरूको छानबिन गरेर कडा कारबाही गर्न माग गर्नुभएको छ ।   

सम्बन्धित सामग्री

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

चितवनमा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको छ। शनिबार राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजित राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नाराबाजी गरेका हुन्।

नागरिक दैनिक

पाण्डेमाथि भएकाे घटनाकाे घाेर निन्दा र भर्त्सना गर्दछु : झलनाथ खनाल

काठमाण्डाै – चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।  चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएको हो ।  यो व्यवहारलाई लिएर नेकपा...

उज्यालो अनलाइन

चितवनको नाराबाजीबारे छानविन गर्न नेता नेपालको माग

६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् । सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन …

अनलाइनखबर

‘अभद्र व्यवहार भएको छैन’

काठमाडौं । नेपाल बक्सिङ संघले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा संघका महासचिव सविन भट्टाचार्यमाथि कुनै अभद्र व्यवहार नभएको बताएका छन् । संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिवलाई कुनै अभद्र व्यवहार नभएको र दुव्र्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । महासचिव भट्टाचार्यले गत साता एक विज्ञप्ति निकाल्दै बैठकमा आफूले फरक मत राख्दा …

राजधानी दैनिक

‘प्रचण्डमाथि अभद्र व्यवहार भएको छैन’

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ ।  दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना ...

उज्यालो अनलाइन

‘अध्यक्ष दाहालमाथि अभद्र व्यवहार भएको छैन’

चितवन, मङ्सिर ६ गते ।: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार...

गोरखापत्र