राजा वीरेन्द्रकाे निजी निवास 'श्री सदन' सर्वसाधारणका लागि खुला

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शनिबारदेखि खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताउनुभयो ।

इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन/अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उहाँले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदिका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली इतिहासमा दुई सय ४० वर्षीय शाह वंश इतिहासको साक्षात् नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिड–१९ का कारण सम्भव नभएको बताउनुभयो । अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उहाँले बताउनुभयो । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाका नाम जिल्लाबाट राखिएको पनि उहाँले बताउनुभयो । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समय क्रमअनुसार सबै खुला हुने उहाँले बताउनुभयो ।

यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाइजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँ तलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार सङ्ग्रहालयमा परिणत भए पनि त्याे सदन बन्द रहेको थियो । 

सम्बन्धित सामग्री

लकडाउन र निषेधाज्ञापछि नारायणहिटीमा चहलपहल

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेबाट भएको लकडाउनसँगै बन्द भएको नारायणहिटी संग्रहालय खुलेको छ। संग्रहालय अवलोकनका लागि फट्टफुट्ट सर्वसाधारण आउन थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गर्दै संग्रहालय खुला गरिएको त्यहाँको प्रशासनले जनाएको छ। शनिवारबाट तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन सर्वसाधारणका लागि खुला

पहिलो पोस्ट

सर्वसाधरणका लागि खुल्यो नारायणहिटी दरबारभित्रको ‘श्रीसदन’

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन शनिवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन यसअघि सर्वसाधरणको लागि बन्द थियो। दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए। राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो। विसं २०५८ जेठ १९ गते

पहिलो पोस्ट

नारायणहिटीकाे ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका

नयाँ पत्रिका

यस्तो छ पूर्वराजा वीरेन्द्रको निजी निवास [ फोटो फिचर ]

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि सर्वसाधारणका लागि खुला भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक …

अनलाइनखबर

पूर्वराजा वीरेन्द्रको निजी निवास आइतबारदेखि अवलोकन गर्न पाइने

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन …

अनलाइनखबर

तत्कालका लागि रोकियो राजा वीरेन्द्रको निजी निवास खुला गर्ने योजना

दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणलाई अवलोकनका लागि खुला

नयाँ पत्रिका

गद्दी बैठक सर्वसाधारणका लागि खुला

अमेरिकी राजदूत-यान्डी डब्ल्यु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त रूपमा काठमाडौं दरबारक्षेत्रमा आयोजित एक समारोहमा हालसालै पुर्नस्थापित गद्दी बैठकलाई निर्देशित भ्रमणका निम्ति सर्वसाधारणका लागि खुला गरेका छन् । सन् १९०८ देखि नै उक्त दरबारक्षेत्रको चिनारी रही आएको भए तापनि यो अवसर भने इतिहासमै पहिलो हो । यो दरबार सर्वसाधारणका लागि पहिले कहिल्यै खुला गरिएको थिएन ।

कारोबार दैनिक

तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बिहीबार सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा अरु …

अनलाइनखबर