पार्टी फुट्दैन : वामदेव गौतम

तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्।

तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टी भित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए।

'म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु,' उनले भने, 'मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन।'

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ। उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए। उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताए। उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्ने समेत बताए।

सम्बन्धित सामग्री

नेकपा कुनै हालतमा फुट्दैन : उपाध्यक्ष गौतम

६ मंसिर, दाङ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्  । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेकोबताए । …

अनलाइनखबर

नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् ।

बाह्रखरी

नेकपा विभाजन हुँदैन: उपाध्यक्ष गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए।

नागरिक दैनिक

नेकपा कुनै पनि हालतमा विभाजन हुँदैन : उपाध्यक्ष गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने दाबी गरेका छन् ।  तुलसीपुर

नयाँ पत्रिका

म कुनै गुटमा छैन : वामदेव गौतम

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधा...

उज्यालो अनलाइन

ने क पासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन्। रिपोर्टस् क्लब दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ने क पाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताए। “सबै कम्युनिस्ट पार्टीसँग

पहिलो पोस्ट

तुलसीपुरको समस्या समाधानका लागि आवश्यक पहल गर्छु : प्रम

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर विमानस्थल सञ्चालनका लागि सम्वन्धित मन्त्रालयबाट जानकारी लिने बताएका छन् ।    तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी तुलसीपुरका विभिन्न समस्या राखेपछि उनले ...

नेपाल आज