यस्तो छ पूर्वराजा वीरेन्द्रको निजी निवास [ फोटो फिचर ]

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ अवलोकनका लागि सर्वसाधारणका लागि खुला भएको छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरे । भोलि आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ । २०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने दाहालले बताए । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला भएको छैन ।

यो पनि पढ्नुहोस् : ४५ करोड खर्चेर बनाइएको गणतन्त्र स्मारकमा खास के छ ? (फोटोसहित)

श्री सदनमा केके छन् ?

भनिन्छ श्री सदन राजा वीरेन्द्रकै डिजाइनमा बनाइएको थियो । २०२३ सालमा बनेको यो तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ ।

तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे । उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । त्यसपछि उनको कोठा खाली थियो ।

श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् ।

दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

श्रीसदनबाटै गणतन्त्र स्मारकमा जान सकिन्छ । तर अहिले बीचमा पर्ने टुकुचा खोलामा पुल नबनिसकेकाले नारायणहिटी दरबारबाट बाहिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट गणतन्त्र स्मारक प्रवेश गर्नुपर्दछ ।

 

सम्बन्धित सामग्री

लकडाउन र निषेधाज्ञापछि नारायणहिटीमा चहलपहल

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेबाट भएको लकडाउनसँगै बन्द भएको नारायणहिटी संग्रहालय खुलेको छ। संग्रहालय अवलोकनका लागि फट्टफुट्ट सर्वसाधारण आउन थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गर्दै संग्रहालय खुला गरिएको त्यहाँको प्रशासनले जनाएको छ। शनिवारबाट तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन सर्वसाधारणका लागि खुला

पहिलो पोस्ट

सर्वसाधरणका लागि खुल्यो नारायणहिटी दरबारभित्रको ‘श्रीसदन’

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन शनिवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन यसअघि सर्वसाधरणको लागि बन्द थियो। दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए। राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो। विसं २०५८ जेठ १९ गते

पहिलो पोस्ट

नारायणहिटीकाे ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका

नयाँ पत्रिका

राजा वीरेन्द्रकाे निजी निवास 'श्री सदन' सर्वसाधारणका लागि खुला

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शन...

उज्यालो अनलाइन

पूर्वराजा वीरेन्द्रको निजी निवास आइतबारदेखि अवलोकन गर्न पाइने

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन …

अनलाइनखबर

तत्कालका लागि रोकियो राजा वीरेन्द्रको निजी निवास खुला गर्ने योजना

दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणलाई अवलोकनका लागि खुला

नयाँ पत्रिका

गद्दी बैठक सर्वसाधारणका लागि खुला

अमेरिकी राजदूत-यान्डी डब्ल्यु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त रूपमा काठमाडौं दरबारक्षेत्रमा आयोजित एक समारोहमा हालसालै पुर्नस्थापित गद्दी बैठकलाई निर्देशित भ्रमणका निम्ति सर्वसाधारणका लागि खुला गरेका छन् । सन् १९०८ देखि नै उक्त दरबारक्षेत्रको चिनारी रही आएको भए तापनि यो अवसर भने इतिहासमै पहिलो हो । यो दरबार सर्वसाधारणका लागि पहिले कहिल्यै खुला गरिएको थिएन ।

कारोबार दैनिक

नारायणहिटीमा श्रीपेच र राजदण्डको प्रदर्शनी (फोटो फिचर)

२९ असोज, काठमाडौं । नेपालका राजाहरुले लगाउने श्रीपेच सोमबार सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । उनले दैवी शक्तिको …

अनलाइनखबर