हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु खान्छन्, कसैले खाँदैनन्। तर मासु नखाने मानिसले दूध, दही, घिउ, पनिर र अण्डासमेत खाँदैनन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। अझ उनीहरूले खानपानमा मात्र नभई लुगा, जुत्ता र सौन्दर्य सामग्रीको छनोटमा समेत जनावरबाट प्राप्त हुने वस्तु प्रयोग नगर्ने प्रयास गर्छन् भन्दा यो कस्तो जीवनशैली हो भन्ने […]
चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुने प्रतियोगिताका संयोजक महेश प्रधानले बताए। उनका अनुसार प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिने उनको […]
दाहालले डा. दासको अर्को रोचक बानीसमेत सम्झिएका छन्। उनका अनुसार डा. दास बिहान चाबहिलको तरकारी बजार पुगेर चौंसुर, पालुङ्गो, लट्टे र बेथुजस्ता साग किन्ने गर्थे। बजारमा साग कम हुने समयमा उनले धेरैजसो साग किनेर लैजाने गरेको र आफूले भने प्रायः रायोको साग मात्रै पाउने गरेको दाहालले उल्लेख गरेका छन्। उनले ठट्टा गर्दै डा. दासको दीर्घायुको रहस्य त्यही साग त होइन भन्ने आशयसमेत व्यक्त गरेका छन्।
त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य, रोग नियन्त्रण र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ।