छोटकरीमा : विदेशमा कार्तिक महिना-२०७७

कार्तिक महिनाभर अमेरिकी चुनाव वैश्विक चासोको विषय रह्यो । विहार निर्वाचन, फ्रान्स आक्रमण, टर्कीमा भूकम्प, फिलिपिन्समा आँधी, न्युजिल्याण्डको मन्त्रीमण्डल विस्तार, म्यानम्यारको आमनिर्वाचन, कोरोना भाइरस विरुद्धको खोपमा नयाँ सफलता लगायतका विषयवस्तुहरू महिनाभर चर्चामा रहे । यसका साथै अन्य विषयवस्तुहरूबारे स्मपूर्ण जानकारी यहाँ पढ्नुहोस् ।



अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना महामारीका कारण गरिएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य भएको छ । 

यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्दा लामो भएको अधिकारीहरूले बताएका छन् । 



गलादेशमा दशौँ हजार मुलसमान फ्रान्सेली सामानको बहिष्कारको समर्थनमा सडकमा उत्रेका छन्। 

फ्रान्सको शार्ली शाब्दो पत्रिकाले मुसलमान धर्मका प्रवर्द्धक मोहम्मद पैगम्बरको कार्टुन छापेको विषयलाई फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले समर्थन गरेपछि मुलसमान बहुल राष्ट्रले त्यसको विरोध गरेका हुन्। 



भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ । पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् ।



कोरोना महामारीको पहिलो चरणमा विश्वभर नियन्त्रणको उपायका रुपमा सुरु भएको लकडाउन फेरि संक्रमण दर बढ्दै गएपछि विभिन्‍न मुलुकहरु देशव्यापी लकडाउनमा फर्किएका छन् ।

युरोपका दुई ठूला अर्थतन्त्र भएका मुलुक फ्रान्स र जर्मनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै देशव्यापी लकडाउनमा जाने निर्णय गरेका छन् । फ्रान्समा शुक्रबारदेखि देशव्यापी लकडाउन हुने भएको छ।



 फ्रान्सको नाइस सहरमा भएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको फ्रेन्च प्रहरीले बताएका छन । नाइसका मेयर क्रिस्टियन इस्टरोसीले सहरको मुख्य क्षेत्र नोट्रे-डामे बसिलिकाको घटनाको सबै कुराले 'आतंककारी आक्रमण' भएको संकेत गरेको बताएका छन् । 



दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले घुस लिएको तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । 



'एक्सट्र्याक्सन' र 'अटोमिक ब्लन्ड'का निर्माता डेभिड गिल्डलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई लस एन्जलस प्रहरीले पक्राउ गरेको हो ।यसअघि बलात्कार तथा अन्य अपराधको आरोप लागेका गिल्डलाई बुधबार राति प्रहरीले पक्राउ गरेको 'हलिउड रिपोर्टर'ले उल्लेख गरेको छ ।



 लामो समयको प्रतिक्षापछि टिभी सिरिज ‘मिर्जापुर २’ हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । रिलिज पश्चात नै सामाजिक सञ्‍जालदेखि सञ्‍चारमाध्यमसम्म चर्चा भइरहेको छ । यसैबीच यसको एक सिनलाई लिएर निर्माता टिम विरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघन गरेको आरोप लागेको छ । 



अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेट उमेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा भविष्यमा चिनियाँ सामग्रीमा लगाइने करका विषयमा मुख्य सहयोगी राष्ट्रहरुसँग तत्काल परामर्श गर्ने उनका वरिष्ठ सल्लाहकारले बताएका छन् । चीनविरुद्ध आफूलाई बलियोरुपमा स्थापित गर्न 'सामूहिक लाभ' का बारेमा मुख्य सहयोगी राष्ट्रहरुसँग परामर्श गर्ने सल्लाहरकारले बताएका हुन्छ । 



फोटोहरू राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने भएको छ । 

यसअघि एक घन्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोराले कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु 'लगभग केही पनि नभएको' बताएका छन् । 

उनले बिहीबार फक्स न्युजसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संयुक्त राज्य अमेरिकाभर बिहीबार एकैदिन एक हजार ४९ कोरोना संक्रमितको मृत्यु भउको कोभिड ट्र्याकिङ प्रोजेक्टले जनाएको छ । 



टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले जनाएका छन् । भूकम्पको धक्का छिमेकी देशहरूमा समेत महसुस भएको उल्लेख छ । 



फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी आएको छ । २२५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको 'टाइफुन गोनी'ले भयानक आँधी र अत्यधिक वर्षा गराएको छ। 

हालसम्म चारजनाको मृत्यु भइसकेको सूचना प्राप्त भएको बीबीसीले जनाएको छ । घरहरु भत्किएका छन् भने सडकहरुमा बाढी पसेको छ । 



क्यानडाको क्युबेक सहरमा एक तरबारधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । मध्यकालीन लुगा लगाएका ती व्यक्तिको आक्रमणमा अन्य पाँचजना घाइते भएको प्रहारीले जानकारी दिएको छ । 

उक्त घटनाको केही समयपछि ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति २० वर्षका रहेको पाइएको छ ।



फ्रान्सको सहर लियोमा गोली चल्दा एक ग्रिक अर्थोडक्स पादरी सख्त घाइते भएका छन् । गोली प्रहारपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यहाँको प्रहरीले घटनामा संलग्‍न रहेको आशंकामा एकजनालाई भने पक्राउ गरी हिरासतमा राखेको बीबीसीले समाचारमा जनाएको छ । 



सरदार बल्लभभाइ पटेलको १४५औं जयन्तीका अवसरमा गुजरातको केवडियामा भव्य कार्यक्रमको आयोजना भएको थियो। 

कार्यक्रममा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदी पनि सहभागी रहे । कार्यक्रममा सहभागी हुनुअघि प्रधानमन्‍त्री मोदीले स्ट्याचु अफ युनिटीमा पुगेर पुष्पाञ्‍जली अर्पण गरेका थिए ।



अमेरिकी चुनावमा जो बाइडेनले बाजी मारेका छन् । उनी र उनको प्रतिद्वन्दी डोनाल्ड ट्रम्पको चुनाव अवधिभर के-कस्तो व्यवहार देखियो ? अमेरकी चुनावको सम्पूर्ण जानकारी यहाँ पाउनुहोस् ।



न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषद् घोषणा गरेकी छिन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्वअर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफू समलिंगी भएको बताउँदै आएका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभारसमेत दिइएको छ । 



 मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार काबुल युनिभर्सिटीमा आक्रमण हुँदा कम्तिमा पनि १९ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानले तीन बन्दुकधारी युनिभर्सिटी परिसरमा प्रवेश गरेपछि क्याम्पसमा भागदौड मच्चिएको बताए ।



जबरजस्ती धर्म परिवर्तन गराएर र विवाह गराएकी एक क्रिश्‍चियन किशोरीलाई पाकिस्तान प्रहरीले उद्धार गरेको छ । १३ वर्षीया क्रिश्‍चियन किशोरीलाई करिब एक महिनापछि उद्धार गरिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।



अष्ट्रियाको राजधानी भियनामा स्थानीय समयअनुसार सोमबार भएका विभिन्न आतंकवादी आक्रमणमा पाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका थिए ।



भारतको बिहार राज्यमा मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद् सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । मतदान स्थानीय समयअनुसार बिहान ७ बजे सुरु भएको होे । 



मुम्बई प्रहरीले बलिउड अभिनेत्री कंगना रनौट र उनकी दिदी रंगोली चंदेललाई बयानका लागि हाजिर हुन बोलाएको छ । उनीहरुलाई नोभेम्बर १० भित्र हाजिर हुन भनिएको हो । न्यूज एजेन्सी एएनआईले यसबारे ट्विट गर्दै जानकारी दिएका हुन् । 

कंगनाविरुद्ध मुम्बईको बान्द्रा प्रहरी वृत्तमा उजुरीपछि मुम्बई प्रहरीले समन (बयानका लागि प्रहरी वृत्त बोलाएको पत्र) पठाइएको हो ।



 चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्‍याएको छ।  द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै उक्त समाचारको खण्डन चीनले गरेको हो 



मंगलबार टर्कीमा अचम्मको घटना भयो । चार वर्षीया बालिकाकाे भूकम्प गएको ९१ घन्टापछि सकुशल उद्धार भएको छ । उद्धार टोलीले एक भवनको भग्नावशेषबाट बालिकालाई उद्धार गरेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । 



भारतको अहमदाबादस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ ।

अहमदाबादको नानुकाकामा रहेको एउटा कपडा गोदाममा आगो लागेपछि भवनको पर्खालमुनि किचिएर ६ जनाको मृत्यु भएको आजतकले जनाएको छ । घटनामा अन्य दुईजनाको समेत मृत्यु भएको हो ।



 भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।



टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १ सय १६ पुगेको छ । टर्किस अधिकारीहरुले भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको पुष्टि गर्दै अन्तिम चरणको उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन् । मृत्यु हुनेमा २ जना ग्रिसका नागरिक छन् । 



 युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन् । युद्धअपराध गरेको आरोपसँगै उनीमाथि राजीनामाको दबाब बढेको थियो ।



संयुक्त अधिराज्य (बेलायत)ले डेनमार्कबाट आउने सबै उडानमा प्रतिबन्ध लगाएको छ । अधिकारीहरूका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड– १९ का संक्रमितको संख्या बढ्दै गएपछि आवागमनमा प्रतिबन्ध लगाइएको हो ।



म्यान्मारमा आइतबार संसद्का लागि आमनिर्वाचन हुँदै छ । विपक्षीहरूको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । पाँच वर्षअघिको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरूको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकी थिइन् । 



यस वर्ष चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको छ । चीनकाे भन्सार प्रशासनले दिएकाे जानकारीअनुसार गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले वृद्धि भएको हाे। 



 फ्रान्स र अस्ट्रियामा आतंककारी हमला बढेपछि युरोपेली मुलुकहरुले आफ्नो सीमा कडा पार्दै लगेका छन् । फ्रान्सको राजधानी पेरिसको काँठ क्षेत्रका एक शिक्षकको हत्या गरेलगत्तै फ्रान्समा लगातार आतंककारी हमला हुन थालेको हो । 



बम्बई हाई कोर्टले टीभी एंकर अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ । 

अर्नबलाई रायगढ प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । उनी १४ दिनको न्यायिक हिरासतमा छन् । हाई कोर्टले फैसलामा अर्नबले चाहे सत्र न्यायालयसँग जमानत माग्न सक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।



अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडनलाई आफ्नो राष्ट्रपति चुनिसकेका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा दोहोरिन सकेनन् । यो उनको चुनावी हारमात्रै नभएर आगामी दिनमा अनेक कठिनाइ भोग्नुपर्ने देखिएको छ ।

विज्ञहरुकाअनुसार उनको कार्यकालमा भएका कथित घोटालहरुको जाँचबाट राष्ट्रपति पदबाट हटेपछि आपराधिक कारबाहीका साथै अप्ठ्यारो वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ ।



अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेनको जितले विश्वको विभिन्न क्षेत्रमा तरंग ल्याएको छ । विशेषतः बाइडेनको जितपछि एसियन सेयर मार्केटमा धेरै प्रभाव परेको देखिन्छ । जापानमा सोमबार सेयर मार्केट खुल्दा पहिलो सत्रको ट्रेडिङमा निक्केइ २२५ बिन्दुमा पुगेको जापानिज समाचार एजेन्सी क्युडोले जनाएको छ ।



पूरै विश्व अमेरिकी चुनावको अन्तिम नतिजा पर्खिरहेका बेला ट्रम्प भने गल्फ खेल्नमा व्यस्त थिए । गल्फकै लागि विशेष पहिरनमा शनिबार उनी भर्जिनियास्थित आफ्नै कोर्समा गल्फ खेल्न पुगेका हुन् र उनको हारबारे आधिकारिक घोषणा हुँदा पनि उनी मैदानमै रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । 



कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।



 विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । अहिले केहीबेरमा मतगणना सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीन चरणमा मतदान सम्पन्न भएको थियो । कोरोना महामारीका बीचमा भारतको विहारमा भएको निर्वाचन पहिलो हो । 



रुसका राष्ट्रपति भलाद्मीर पुटिन, स्लोभेनियाका प्रधानमन्त्री जनेज जन्स, युरोपेली मुलुक एस्टोनियाका आन्तरिक मन्त्री मार्ट हेल्म, ब्राजिलका राष्ट्रपति जैर बोल्सनेरो,इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, साउदीका राजकुमार मोहोम्मद बिन सलमान, चिनियाँ राष्ट्रपति शि जिनपिङ, उत्तर कोरियाली नेता किम जोङ उन लगायत उच्च राजनीतिक व्यक्तित्वहरूले बाइडेनलाई बधाई दिएनन् ।



 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको ले जनाएको छ । बीबीसीका अनुसार रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । अब क्रिस्टोफर मिलरले रक्षा मन्त्रालयको जिम्मेबारी सम्हाल्नेछन् ।



रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो–काराबाखमा जारी सैन्य संघर्ष अन्त्यका लागि मंगलबार एक सम्झौता भएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले फेसबुकमार्फत अर्मेनिया–अजरबैजान र रुसबीचमा विवादित भूभागमा द्वन्द्व कम गर्न सम्झौता भएको जानकारी दिएका छन् । 



बिहार विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितीश कुमार नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत प्राप्त गरेको छ । बिहारमा सरकार गठनका लागि २४३ सिटमध्ये १२२ सिट आवश्यकता पर्दछ, जहाँ एनडीएले १२५ सिट जितेर अहम् आँकडा पार गरेको छ ।



हराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उपचारका क्रममा अमेरिकामा उनको निधन भएको हो ।

प्रधानमन्त्री खलिफाको उपचारका क्रममा अमेरिकास्थित मायो क्लिनिक अस्पतालमा बुधबार बिहान मृत्यु भएको बहराइनको राष्ट्रिय समाचार संस्था ले उल्लेख गरेको छ ।



पेरुको संसद्ले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घूस लिएको आरोपमा महाअभियोग लगाएको छ । करिब ८ घण्टा चलेको सुनुवाइपछि महाअभियोग प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुन ८७ सदस्य आवश्यक भए पनि १ सय ५ मत परेको हो । 



संयुक्त राज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलरबराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीह?मा एफ– ३५ लडाकु विमान, एमक्यू–नाइन–बी मानवरहित ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरू रहेका छन् । 



कडा लकडाउन र कर्फ्युको अवस्थामा पनि आफूले पढाउने कक्षा कोठामा भीड भएको भन्दै फ्रान्सेली शिक्षक/शिक्षिकाहरुले मंगलबार देशभर प्रदर्शन गरेका छन् । एउटै कोठामा धेरै विद्यार्थीहरुलाई पढाउनुपर्ने बाध्यताले भाइरसको उच्च जोखिम हुँदा पनि सरकारले उचित व्यवस्था मिलाउन नसकेको भन्दै मंगलबार फ्रान्सभर प्रदर्शन र केही ठाउँमा हडतालसमेत गरेका हुन् ।



दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इन र अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार वार्ता करिब १४ मिनेट लामो थियो ।



 रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रुसले उक्त खोपबारे विवरण सार्वजनिक गरेको हो । रुसले गत अगस्टमै स्पुतनिक खोपलाई स्वीकृति दिएको थियो ।



छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।

सिरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई)ले बिहीबार अक्सफोर्ड र एस्ट्राजेनिकाको कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार गरिएको जनाएको छ ।



म्यान्मारमा हालै सम्पन्न आमनिर्वाचनप्रति सेना समर्थित पार्टीले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो ।



चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो।



पूर्वराष्ट्रपति बाराक ओबामाले वरिष्ठ अमेरिकी रिपब्लिकनहरुले नै चुनावमा धाँधली भएको भन्ने ट्रम्पको आधारहीन दाबीलाई समर्थन गर्नुले देशको प्रजातान्त्रिक प्रणालीलाई कमजोर तुल्याएको गुनासो गरेका छन् ।

सीबीएस न्युजसँगको अन्‍तर्वार्तामा उनले राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उमेदवार जो बाइडेनले स्पष्ट जित हासिल गरेको पनि बताएका हुन् ।



काबुलकाे बम विस्फोटमा एकहप्ताअघि एक पत्रकारले ज्यान गुमाए । बिहीबार फेरि अफगानिस्तानकाे दक्षिणी हेल्मन्ड प्रान्तमा भएकाे बम विस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ । 



इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकोप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । 

इजिप्टको सिनाई प्रायद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकाेप्टर दुर्घटना भएको हो ।


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक