छोटकरीमा : नेपालमा कार्तिक महिना-२०७७

नेपालमा कार्तिक महिनाभर दशैं, तिहार, किजा पर्व लगायतका चाडपर्वहरूलाई मध्यनजर गर्दै बढ्दो कोरोना भाइरस नियन्त्रण एवं रोकथामका लागि सरकारी तवरबाट के-कस्ता निर्णयहरू भए ? बढ्दो नेकपा किचलोले कस्तो मोड लिँदै छ ? कार्तिक महिनाभर न्यायिक, आर्थिक, शैक्षिक क्षेत्रमा के-कस्तो हलचल देखियो ? सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।



कार्तिक ०१ गतेसम्म १,२९,३०४ कोरोना भाइरस देखिएकोमा त्यो बढेर मंसिर ०३ गतेसम्म २,१२,९१७ पुगेको छ ।

कार्तिक ०१ गतेसम्म ७२७ कोरोना भाइरसका कारण ४०१ मृत्यु भएकोमा मङ्सिर ०३ गतेसम्म १,२५९ पुगेको छ।

कार्तिक ०१ गतेसम्म ८९,८४० जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर मंसिर ०३ गतेसम्म १,८२,७८० पुगेको छ।

मंसिर ०३ गतेसम्म १६,२३,७५४ जनाको पिसीआर टेस्ट भएको छ भने ९१० जना क्वारेन्टाइनमा रहेका छन्। 



यस महिनाभरका विभिन्न राजनीतिक घटनाक्रमहरूलाई यहाँ समावेश गरिएका छन् । पेचिलो बन्दै गएको नेकपा विवाद, नेपाल-चीन सीमा विवाद, चौरासिया हत्या प्रकरण, देशको नाम 'नेपाल' मात्रै राख्ने सरकारी निर्णय र विरोध सहित अन्य राजनीतिक हलचलका सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।



कार्तिक महिनाभर विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रण एवं रोकथामको लागि सरकारी तवरबाट के-कस्ता निर्णयहरू भए ? सम्रग्रमा यस महिनाभर देशलाई कोरोनाले के-कस्तो प्रभाव पार्यो ? सम्पूर्ण जारकारीहरू यहाँ पाउनुहोस्।



नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्‍चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्‍चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।



रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गत आर्थिक वर्षमा १४ लाख ५८ हजार हेक्टरमा धान खेती गरिएको थियो। यो वर्ष ४८ हजार हेक्टर बढी जमिनमा धान खेती गरिएको केसीले बताए।



दसैँका १० दिन (१-११ कात्तिक)मा देशभर सडक दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ । अन्य ६ सय २७ जना घाइते भएका छन्, तीमध्ये दुई सय १२ जना गम्भीर र चार सय १५ जना सामान्य घाइते भएका छन् ।



सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्बरको टिपरले बुटवलबाट पाल्पा आउँदै गरेको लु १ ख ९९८२ नम्बरको बसलाई ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका हुन् ।



कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म 'महानगर'को वर्ल्ड प्रिमियर हुने भएको छ । फेस्टिभलको तीन प्रतिस्पर्धात्मक विधामध्ये एसिया सेलेक्ट(नेटप्याक अवार्ड)तर्फ यो फिल्म छनाेट भएको हो । 



 म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।



बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गराएका छन् । 

सुनवल नगरपालिका– १२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराएका हुन् । 



यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ ।

तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।



यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।

केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त कथासंग्रह), ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट्ठी’, ‘मेरो मधुशाला’, ‘उज्ज्वली’ जस्ता उपन्यास कृति प्रकाशित छन् ।



 मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेको आरोपमा पक्राउ परेका शर्मा ढुवानी सेवाका प्रोप्राइटर वासुदेव शर्मालाई प्रहरीले उनका भाइको जिम्मामा थुनामुक्त गरेको छ । प्रहरीले कात्तिक १७ गते शर्मालाई नियन्त्रणमा लिएको थियो ।



काठमाडौँ । अनलाइन कक्षाबाहेक अतिरिक्त विषयमा शुल्क नलिन माग गर्दै जारी भएको काठमाडौँ विश्वविद्यालयको रिले अनशन आज पनि जारी छ । आइतबारदेखि बसेको अनशनबारे विश्वविद्यालय प्रशासनबाट औपचारिक छलफलमा कोही नआएको आन्दोलनरत विद्यार्थी आयशा शाक्यले बताइन् । 



राष्ट्रिय प्रारूपअनुसार कक्षा १ र ११ मा देशभर नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ । कर्णाली प्रदेशका चार जिल्ला र हिमाली भेगका केही विद्यालयमा गत फागुनमै शैक्षिक सत्र सुरु भई नयाँ पाठ्यक्रम लागू भइसकेको छ । 



कोरोना महामारीका कारण आयोजना अन्योल बनेको मिस नेपाल प्रतियोगिता अन्तत: हुने भएको छ। वर्ष २०२० को प्रतियोगितामा छानिएका २१ युवतीलाई आज एक समारोहबीच सार्वजनिक गरिएको छ। 



पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । 



राष्ट्रिय परीक्षा बोर्डको आगामी मंसिर ९ गतेबाट १६ गते हुने कक्षा १२ को परीक्षा तयारी पूरा भएको जनाएको छ। परीक्षार्थी संख्या ४ लाख ३ हजार १ सय ८० जना रहेका छन् ।



 बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले प्रत्येक हाफमा एक/एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो र त्यसमा मोहम्मद नबिब नेवाजले नजिकको दूरीबाट गोल गरे ।



१३औं दिक्षण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सात खेलाडी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट यस वर्ष सागका स्वर्णधारी सात खेलाडीलाई सम्मानित गरेको हो । 


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक