छोटकरीमा : आज - २०७७ मंसिर ०३, बुधबार

राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी, नेकपामा दस दिने ‘युद्धविराम’, विश्व बैंक र अर्थ मन्त्रालयबीच आर्थिक सम्झौता, नेपाललाई एकदिवसीय मान्यता थप एक वर्ष लम्बियो, अफगानिस्तानबाट सैनिक हटाउँदा ठूलो नोक्सान हुने नेटो प्रमुखको चेतावनी लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।



बुधबार १,४४२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,१२,९१७ पुगेको छ भने मृत्यु हुनेको संख्या १,२५९ पुगेको छ। हालसम्म नेपालमा १,८२,७८० जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: ६,७३१ => Recovered Today: ३,५३८

सम्बन्धित :

काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।



राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि अध्यादेश जारी गरेकी छन् । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयातका लागि कानुनी प्रतिकूलता नहोस् भनेर सरकारले अध्यादेश सिफारिस गरेको थियो ।



नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्र, प्रदेश र स्थानीय सरकारका कामको गम्भीर समीक्षा गरेर गल्ती–कमजोरीहरू सच्याउनुपर्ने प्रस्ताव गरेका छन् । उनले सरकारले आधाभन्दा बढी कार्यकाल व्यतीत गरिसकेकाले पार्टीकै नेताहरूबीच दाउपेच गरेर शक्ति आर्जनका लागि ढिलाढाला गर्ने, पार्टीभित्र देखिएको संकट निवारणमा आलटाल गरेर समय लम्ब्याउने काम गरेमा पार्टीले गम्भीर क्षति व्यहाेर्ने चेतावनीसमेत दिएको एक सचिवालय सदस्यले जानकारी दिए ।



 कोरोना भाइरस (कोभिड- १९)बाट संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 



नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपको एक एक उत्तर दिन तयार रहन चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले लेखेका छन्–आरोप लगाउने र आरोपित जसले जसलाई फकाए पनि जसले आएर फकाइदिए वा मिलाइदिए पनि अब हाम्रो एक एक प्रश्नको उत्तर दिन तयार हुनु होला ।

सम्बन्धित :

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोप राष्ट्रिय सरोकारका भएका भन्दै त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने बताएका छन् । 



पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला बुधबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा नेताहरुले एक अर्कामाथि आंशका व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपको लिखितरुपमै जवाफ दिने र त्यसका लागि दस दिनको समय चाहिने बताएपछि बैठक मंसिर १३ सम्मका लागि स्थगित भएको छ । 



गत २३ भदौमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई परिपत्र गर्‍यो । निर्वाचन आयोगको मागअनुसार स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण यथाशीध्र उपलब्ध गराइदिन परिपत्रमा आग्रह गरिएको थियो । दुई महिना हुँदा पनि धेरै स्थानीय तहले यति सामान्य विवरणसमेत पठाएनन् ।



रत्नपार्कका रुपमा परिचित ‘शंखधर उद्यान’ मा शंखधर साख्वासँगै पद्मरत्न तुलाधरको शालिक राखिने भएको छ। ०१८ सालमा तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाहको नाममा सो पार्कको नाम रत्नपार्क राखिएको थियो । स्थानीय तहको चुनावपछि काठमाडौं महानगरले सो पार्कको नाम शंखधर उद्यान राखेको थियो ।



प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तारूढ नेकपाको आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै आशंका पैदा हुन थालेको बताएका छन् । निर्वाचित भएर आएकाहरूले नै विश्वासघात गरेकाले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको उनको भनाइ छ । 



नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सहायता अन्तर्गत करिब १८ अर्ब रुपैयाँ बराबरको रकम विभिन्न ३३ वटा नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुनेछ भने करिब २४ अर्ब रुपैयाँ वित्तीय क्षेत्रको सुदृढीकरणका लागि खर्च हुनेछ ।



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको आन्तरिक राजनीतिमा चिनियाँ राजदूतले भूमिका खेलेको विषय अस्वीकार गरेका छन् । 

नेकपाको बुधबार बसेको सचिवालय बैठकबारे जानकारी दिन पत्रकारसामु उपस्थित भएका प्रवक्ता श्रेष्ठलाई चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन् । 



कोरोना कहरका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप एक वर्ष लम्ब्याएको छ। यसअघि नेपालले चार वर्षका लागि पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता आईसीसीले थप एक वर्ष गरेको हो। 



न्युजिल्यान्ड प्रहरीले मुस्लिम महिलालाई प्रहरी सेवामा आकर्षित गर्ने उद्देश्यले आधिकारिक ‘युनिफर्म’मा हिजाबलाई समावेश गरेको छ । नयाँ नियमसँगै जिना अली प्रहरी युनिफर्मस्वरूप हिजाब प्रयोग गर्ने पहिलो महिला बनेकी छिन् ।



अमेरिकामा कोरोना भाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले नयाँ विधिलाई अनुमति दिएको छ । आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो ।

घरमै प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ–छैन भन्ने नतिजा देखाउनेछ ।



विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार कोरोना महामारी फैलिएदेखि हालसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् ।



उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रूपमा रहने सम्भावना रहेको बताउँदै यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणका योजना बन्न सक्नेमा चिन्ता व्यक्त गरे । 



दक्षिणी अमेरिकी राष्ट्र पेरूको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरूका राजनीतिज्ञ सागास्तीले संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत ९ नोभेम्बरमा पेरूको संसद्ले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो ।



बर्डफ्लु महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौँ कुखुरा मारिएको छ । देशको जुटल्यान्डमा झन्डै २५ हजार कुखुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्लु फैलिन सक्ने देखिएपछि कुखुरा मारिएको हो ।



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक उच्च निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । मतदानमा धाँधली भएको भन्ने ट्रम्पको दाबीमाथि प्रश्न उठाएका निर्वाचन अधिकारी बर्खास्तगीमा परेका हुन् ।



अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको संस्मरणमा आधारित पुस्तकले भारतमा हलचल मच्चाइसकेको छ । भारतको मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीका बारेमा ओबामाको टिप्पणीले कांग्रेस समर्थक चिढिएका छन् भने राहुलका विरोधी खुसी देखिएका छन् । ‘अ प्रोमिस्ड ल्यान्ड’ नामक पुस्तक ओबामाको राजनीतिक जीवनमा आधारित संस्मरणको पहिलो अंक हो । यो पुस्तक मंगलवार विमोचन भएको छ । 



 चीनको साइनोभ्याक बायोटेक कम्पनीले निर्माण गरिरहेको कोभिड–१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोपले एकदम छिटो इम्युन प्रतिक्रिया उत्पन्न गराउने सक्ने नयाँ अनुसन्धानमा पत्ता लागेको छ । तर छोटो समयमा प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गर्न सक्ने भए पनि यसबाट उत्पन्न हुने ‘एन्टिबडिज’ को स्तर भने कोभिडबाट ठीक भइसकेका बिरामीको तुलनामा कम रहेको बुधबार सार्वजनिक ट्रायलको नतिजाले देखाएको छ । 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक