प्रचण्डको प्रस्तावमा समर्थन रहेको नेपाल र गौतमको भनाइ, ओलीलाई सच्चिन आग्रह

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमा आफूहरूको समर्थन रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज बिहान उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर प्रचण्डले सचिवालयको बैठकमा पेस गरेको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर उपाध्यक्ष वामदेव गौतमले भने ओलीले एकलौटी गरेको, सरकार भ्रष्टाचारमा डुब्दा पनि प्रधानमन्त्री मौन बसेको, निरङ्कुश बनेर अरु नेतालाई हेपेको, पार्टीका विधान र बैठकका निर्णय नमानेर उद्दण्डता देखाएको लगायतका आरोप लगाउनुभएको थियो ।

प्रचण्डले पेस गरेको प्रस्तावमा आफूको पनि योगदान रहेको भन्दै वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई सच्चिन र पार्टीको निर्देशन मान्न सुझाव दिनुभएको थियो ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बालुवाटार बोलाएर प्रचण्डको प्रस्ताव फिर्ताको वातावरण मिलाउन आग्रह गर्नुभएको छ । तर नेता नेपालले सचिवालयमा पेस भएको प्रस्ताव प्रचण्डको मात्र नभएर पाँच जना सचिवालय सदस्यकै भएको जवाफ दिनुभएको छ ।

नेता नेपालले अहिलेको समस्या उत्पन्न हुनुमा प्रधानमन्त्री ओलीको कार्यशैली नै जिम्मेवार भएको भन्दै म नै सबै थोक हो भन्ने भ्रम त्याग्न ओलीलाई सल्लाह दिनुभएको नेता नेपाल निकट एक नेताले जानकारी दिएका छन् ।  

सम्बन्धित सामग्री

वामदेवले ओलीलाई भने- समस्याको जड नै तपाई हो

नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीकै आगाडि वसेर ‘समस्याको जड नै तपाई हो’ भन्दै आलोचना गरेका छन् । शनिबार प्रचण्डसहित सचिवालयका ५ सदस्यसँग भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले ...

नेपाल आज

फ्ल्यासब्याकमा बामदेव : जब प्रचण्डले सचिवालयमा ‘भकुण्डो’ छिराए

१९ वैशाख, काठमाडौं । बुधबार साँझको सचिवालय बैठकमा अप्रत्याशितरुपमा पहिलो बरियताका अध्यक्ष केपी ओलीले आफूले छाड्नुपर्ने हो भने बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले भने, म बल्ल बुझ्दैछु पार्टीमा बामदेवलाई कसरी भकुण्डो बनाइएको रहेछ …

अनलाइनखबर

वामदेवपछि ओली–प्रचण्डलाई भीम रावलको ३५ बुँदे प्रहार

काठमाडौंः काठमाडौंमा जारी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्याशैली प्रति नेता भीम रावलले पनि लिखित रुपमै आपत्ति जनाएका छन्। नेता वामदेव गौतमले अध्इक्षद्वयको आलोचना गर्दै फरक प्रतिवेदन नै पेश गरेका थिए।  रावलले गौतमका अधिकांश बुँदाहरुमा समर्थन जनाउँदै आफ्नो फरक धारणा...

थाहा खबर