बालुवाटार पुगेर वामदेवले भने- प्रचण्डको प्रस्तावमा मेरो पनि योगदान छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचैजना कमरेडहरुले मिलेर तयार गरेका हौं’ गौतमले प्रधानमन्त्री ओलीलाई भने, ‘यो प्रस्ताव तयार गर्नमा कम–बेसी मेरो पनि योगदान छ । यो प्रचण्डले पेश गरे पनि यसमा प्रचण्डमात्रै होइन, पाँचैजना संलग्न छौं ।’

उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रवृत्तिगत आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमा केपी ओलीलाई ‘त्याग गर्न’ भन्दै घुमाउरो अर्थमा राजीनामा मागिएको छ । यो प्रस्तावमाथि मंसिर ३ मा बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची छ ।

केपी ओली पक्षका नेताहरुले भने प्रचण्डद्वारा प्रस्तुत उक्त पार्टी एकताको भावना विपरीत आएको भन्दै सो प्रस्ताव फिर्ता लिन माग गरिरहेका छन् । यहीबेला उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।

उपाध्यक्ष गौतमसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर, गौतमले ‘यो समस्याको सर्जक तपाई आफैं हो भन्दै आफैं समाधान निकाल्न’ सुझाएको बालुवाटार स्रोतले बतायो ।

‘यो समस्या तपाई र प्रचण्डले जानेर/नजानेर सिर्जना गर्नुभएको हो । यो समस्या तपाईहरु दुईटासित सम्बन्धित भएर आयो । दुईटामा पनि तपाई पहिलो नम्बरमा हुनुहुन्छ’ गौतमले प्रधानमन्त्री ओलीलाई भने, ‘त्यसो भएर तपाईले नै यो समस्या यसरी समाधान गर्ने भनेर भनेपछि त्यसमा मेरो सहयोग हुन्छ । तपाईले नै यसरी समाधान गर्छु भनेर अगुवाई नगर्ने हो भने मलाई मात्रै भनेर मसित कुनै बाटो छैन ।’

स्रोतका अनुसार उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई भने, ‘समस्या सिर्जना हुनमा मेरो कमजोरी के छ भनेर सोच्नोस् । प्रचण्डले पनि सोच्नुपर्छ, तपाईले पनि सोच्नुपर्छ । दुबैले महसुस गरेपछि बल्ल समाधान हुन्छ । जबसम्म तपाईहरुले यो महसुस गर्नुहुँदैन, त्यसबेलासम्म समस्याको पहिचान हुँदैन र समाधान पनि हुँदैन ।’

यसैबीच, प्रधानमन्त्री ओलीले वामदेवलाई सरकारमा सहभागी हुन र मन्त्री बन्न प्रस्ताव गरेको चर्चा भए पनि उपाध्यक्ष गौतमले त्यसलाई अस्वीकार गरे ।

सरकारमा सहभागी हुन प्रधानमन्त्रीले तपाईलाई प्रस्ताव गर्नुभएको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा नेता गौतमले भने, ‘प्रधानमन्त्रीले मलाई सरकारमा भूमिका खेलिदिनुपर्‍यो भन्नुभएको छैन । सरकारमा भूमिका खेल्नुपर्‍यो भनेर उहाँले यस्तो बेलामा भन्नुहुन्न र मैले पनि त्यस सम्बन्धमा चासो राख्दिनँ ।’

उपाध्यक्ष गौतमले अहिले मन्त्री बन्ने आफूमा चाहना नरहेको बताए ।

केपी शर्मा ओली नेकपा नेकपा विवाद बामदेव गौतम

सम्बन्धित सामग्री

ओली र प्रचण्डबीच खुमलटारमा भेटवार्ता : वामदेव र नेपाल पनि सहभागी

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । प्रचण्ड र ओलीबीच झण्डै डेढ घण्टा खुमलटारमा छलफल भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डलाई भेट्न बिहान उहाँकै निवास खुमलटार पुग्नुभएको थियो । दुई अध्यक्षबी...

उज्यालो अनलाइन

सचिवालयको विवाद मिलाउन कार्यदल किन चाहियो?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वयले शुक्रबार बनाएको कार्यदलप्रति असन्तुष्टि जनाएका छन्।  सोमबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरेको कार्यदलप्रति संगठन विभाग प्रमुखसमेत रहेका गौतमले प्रश्‍न उठाएका हुन्।  ...

थाहा खबर

'वामदेव गौतम प्रतिनिधि सभामा जानुहुन्छ, पार्टीले निर्णय गरिसक्यो'

काठमाडौंः सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको चर्को विवाद उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णयसँगै टुँगिएको छ। शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आत्मालोचना गर्ने र ...

थाहा खबर

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न बामदेवले मानेनन्

१८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव …

अनलाइनखबर