छोटकरीमा : आज - २०७७ कार्तिक २५,मंगलबार

आज नेकपा विवाद अझ चर्कियो, निःशुल्क परीक्षण र उपचार सरकार नै गर्ने,, 'मिस नेपाल २०२०'को दौड शुरु, कार्यकालको योजना बनाउँदै जो बाइडेन लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।



मंगलबार २,७३६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,९९,७६० पुगेको छ भने मृत्यु हुनेको संख्या १,१४८ पुगेको छ। हालसम्म नेपालमा १,६०,५७७ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १२,९६० => Recovered Today: ८५३



 प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजको संवाद पनि तिक्तता बढाउँदै टुङ्गिएको छ । बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बस्नुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीको बोलावटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।



राष्ट्रिय प्रारूपअनुसार कक्षा १ र ११ मा देशभर नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ । कर्णाली प्रदेशका चार जिल्ला र हिमाली भेगका केही विद्यालयमा गत फागुनमै शैक्षिक सत्र सुरु भई नयाँ पाठ्यक्रम लागू भइसकेको छ । 



काठमाडौँ । अनलाइन कक्षाबाहेक अतिरिक्त विषयमा शुल्क नलिन माग गर्दै जारी भएको काठमाडौँ विश्वविद्यालयको रिले अनशन आज पनि जारी छ । आइतबारदेखि बसेको अनशनबारे विश्वविद्यालय प्रशासनबाट औपचारिक छलफलमा कोही नआएको आन्दोलनरत विद्यार्थी आयशा शाक्यले बताइन् । 



 भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला मंसिर ११ गते दुईदिने भ्रमणका लागि नेपाल आउने भारतीय मिडियामा खबर आए पनि नेपालको परराष्ट्र मन्त्रालयले भने यसबारेमा औपचारिक जानकारी नभएको बताएको छ । भारतीय मिडियामा सोमबार औपचारिक वार्ताका लागि विदेश सचिव काठमाडौँ जाने भन्दै समाचार प्रकाशित भएका थिए ।



 कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यको मंगलबारको अनौपचारिक बैठकले पनि नेकपामा उत्पन्न विवादले कस्तो मोड लिन्छ भन्ने स्पष्ट पारेन ।



सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गराउने भएको छ। सरकारले स्वइच्छाले पिसिआर परीक्षण गर्नका लागि परीक्षण शुल्क रु दुई हजार तोकेको छ। 



कोरोना महामारीका कारण आयोजना अन्योल बनेको मिस नेपाल प्रतियोगिता अन्तत: हुने भएको छ। वर्ष २०२० को प्रतियोगितामा छानिएका २१ युवतीलाई आज एक समारोहबीच सार्वजनिक गरिएको छ। 



 खोटाङ र भोजपुरको सिमानमा पर्ने टेम्के भ्युटावर शिलान्यासपछि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवादमा फसेका छन् । खोटाङ र भोजपुरका सांसद तथा नेताहरुलाई जानकारी नगराई टेम्केडाडाँमा सोमबार भ्युटावर शिलन्यास गरेको भन्दै राई विवादमा मुछिएका हुन् ।



भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) बारे बारपाक सुलीकोट र धार्चे गाउँपालिकाबीचको विवाद सुल्झिएको छ । इपिसेन्टरको विवाद उत्कर्षमा पुगेपछि सोमबार साँझ जिल्ला समन्वय समितिको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले विवाद समाधान गरेको हो ।



शनिबार अमेरिकी राष्ट्रपति चुनावमा जित हासिल गरेसँगै डेमोक्रेट्सका उमेदवार जो बाइडेनलाई विश्वभरबाट बधाई आउने क्रम सुरु भयो । तर त्यही बधाइ दिने सूचीमा केही प्रमुख राष्ट्रनेताहरुको अनुपस्थितिलाई भने अनौठो मानिएको छ ।

रुसका राष्ट्रपति भलाद्मीर पुटिन, स्लोभेनियाका प्रधानमन्त्री जनेज जन्स, युरोपेली मुलुक एस्टोनियाका आन्तरिक मन्त्री मार्ट हेल्म, ब्राजिलका राष्ट्रपति जैर बोल्सनेरो,इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, साउदीका राजकुमार मोहोम्मद बिन सलमान, चिनियाँ राष्ट्रपति शि जिनपिङ, उत्तर कोरियाली नेता किम जोङ उन लगायत उच्च राजनीतिक व्यक्तित्वहरूले बाइडेनलाई बधाई दिएनन् ।



 विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । अहिले केहीबेरमा मतगणना सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीन चरणमा मतदान सम्पन्न भएको थियो । कोरोना महामारीका बीचमा भारतको विहारमा भएको निर्वाचन पहिलो हो । 



 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको ले जनाएको छ । बीबीसीका अनुसार रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । अब क्रिस्टोफर मिलरले रक्षा मन्त्रालयको जिम्मेबारी सम्हाल्नेछन् ।



रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो–काराबाखमा जारी सैन्य संघर्ष अन्त्यका लागि मंगलबार एक सम्झौता भएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले फेसबुकमार्फत अर्मेनिया–अजरबैजान र रुसबीचमा विवादित भूभागमा द्वन्द्व कम गर्न सम्झौता भएको जानकारी दिएका छन् । 



अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीसँग जुध्ने विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ। अमेरिकी संविधानअनुसार नयाँ राष्ट्रपतिको कार्यकाल जनवरी २० को मध्याह्नदेखि सुरु हुन्छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक