स्कुटरलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।पूर्व–पश्चिम राजमार्गस्थित भलादमी चोकमा बिहीबार ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीको अनुसार दुर्घटनामा परि स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ

सम्बन्धित सामग्री

जापानमा ट्रकले बसलाई ठक्कर दिँदा २ नेपालीको मृत्यु

काठमाडौं : जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। ४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ।

सुनसरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  इटहरी–१७  पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको  प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा

बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ ।  पूर्व पश्चिम महेन्द्र राजमार्गमा चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो […]

अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ । चन्द्रपुर-२  लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान ५ बजे एक आपसमा ठक्कर खाएका हुन् ।दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना  मध्ये  ३ ज

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २-२००१ ह २१०९ नम्बरको टेम्पुलाई काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती ०३-००१ ख २०१ नम्बरको रात्री बसले ठक्कर दिँदा सर्लाहीको बागमती नगरपालिकाका तीन जनाको ज्यान गएको हो । मृतकमध्ये सर्लाहीको बागमती […]

पाकिस्तानमा सडक दुर्घटना, ३ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । मेहरान राष्ट्रिय राजमार्गमा दिउँसो ट्रकले भ्यानलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएको  जनाइएको छ ।दुर्घटनाग्रस्त भ्यान सिन्धको राजधानी कराँचीबाट खैरपुर जाँदै गरेको बताइएको छ । पाकिस्तानमा खराब मर्मत गरिएका

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

चितवन, मोरङ र कैलालीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।   चितवनको भरतपुर महानगरपालिका–२९ चौध किलोमा प्रदेश २–०१००१ क ०२०२ नम्बरको ट्रकले प्रदेश २–०३००१ प १८१४ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा कालिकामाई गाउँपालिका–१ बस्ने २८ वर्षीय रितेश कुमार पण्डित रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घ

पाकिस्तानको पन्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। घटना इस्लामाबादको भगिनी सहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क गरिएको गाडीमा ठोक्किँदा भएको जनाइएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु […]

छुट्टाछुट्टै दुर्घटनामा परी एक बालकसहित ३ जनाको मृत्यु

काठमाडौं । रौतहट, बाँके र संखुवासभामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ हिमालीबासमा गएराती टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ८ ख ४२०२ नम्बरको टिपरले बा ३० प ८११५ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु […]

छु्ट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं। रौतहट, बझाङ र पाल्पामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही नगरपालिका–४ मा ना.५त६००९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मजबुन खातुनको मृत्यु भएको छ। बझाङको जयपृथ्वी नगरपालिका–१०मा से.२त२५९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पुरन सांउदको मृत्यु भएको छ। पाल्पाको रम्भा गाउँपालिका–३ पिपलडाँडामा लु.३त६८९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा जीवन न्यौपानेको मृत्यु भएको छ।