मुलुकमा राजस्व संकलन अपेक्षित रूपमा हुन नसक्दा र वैदेशिक अनुदान क्रमशः घट्दै गएपछि सार्वजनिक ऋणको भार तीव्र रूपमा बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै मुलुकको सार्वजनिक ऋण करिब एक खर्ब रुपैयाँले वृद्धि भएको छ। यससँगै कुल सार्वजनिक ऋणको दायित्व करिब २८ खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका […]
दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ः३० बजे राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनमा समेट्नुपर्ने विषयहरु सम्बन्धमा उपत्यकामा अवस्थित […]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०५ रुपैयाँ, आलु रातो प्रतिकिलो २७ […]
जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै ललितपुर खुमलटारको २.८, भक्तपुर नगरकोटमा २.८, सिन्धुपाल्चोक चौताराको ५.५ डिग्री सेल्सियस मापन भएको छ । […]
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा […]