कोरोना संक्रमित बालबालिकामा एन्टिबडी उत्पादन कमजोर

स्वास्थ्य र जीवनशैली

कोरोना संक्रमित बालबालिकामा एन्टिबडी उत्पादन कमजोर

२०७७ कार्तिक २३ आइतबार १९:५६:००

कोरोना (कोभिड– १९) भाइरस संक्रमित बालबालिकामा वयस्कको तुलनामा एन्टिबडी उत्पादन कमजोर भइरहेको र छोटो समयमै संक्रमण निको भइरहेको अध्ययनले देखाएको छ । विभिन्न अध्ययनले वयस्कहरूमा प्रतिरोधी क्षमता बलियो हुँदा देखाउने कडा प्रतिक्रियाले संक्रमण झन् गम्भीर बन्दै गइरहेको देखाएको छ । बालबालिकामा हुने कमजोर प्रतिरोधात्मक प्रतिक्रियाले शरीरमा भाइरसले क्षति पु¥याउनुभन्दा पहिले नै भाइरसको सक्रियता कम गराउन सक्छ । जुन आफैँमा विरोधाभास देखिए पनि बालबालिकामा गम्भीर लक्षण नदेखिने र अन्य व्यक्तिलाई सार्ने सम्भावना कम हुनुले पुष्टि गर्ने विज्ञहरूको दाबी छ । 

कोलम्बिया युनिभर्सिटीले गरेको अध्ययन रिपोर्ट जर्नल नेचर इम्युनोलोजीमार्फत सार्वजनिक गर्दै बालबालिकामा संक्रमण समय एकदमै कम हुने जनाएको छ । भनिएको छ, ‘बालबालिकामा प्रतिरोधी क्षमता कमजोर हँुदैमा र एन्टिबडी कमजोर हँुदैमा भाइरसले गम्भीर समस्या निम्त्याउँदैन । सामान्यतया केही समयका लागि संक्रमणबाट बच्न शरीरमा प्रतिरोधी क्षमता बलियो हुन आवश्यक हँुदैन । तर, कतिपय बालबालिकामा एन्टिबडी उत्पादन निकै न्यून देखिएकाले समस्याको कारण बन्न सक्छ । 

अध्ययनले छोटो समयमा थोरै बालबालिकामा मात्र अनुसन्धान गरेकोले उमेरअनुसार बालबालिकामा संक्रमणका कारण एन्टिबडीको उत्पादन कसरी फरक हुन्छ भन्ने पुष्टि गरेको छैन । तर, यस अध्ययनले एन्टिबडी परीक्षणको क्रममा बालबालिकामा कुनै प्रतिक्रिया नदेखिँदा तथ्यांकमा फरक परिरहेको अनुमान गर्न सकिने उल्लेख छ । कोलम्बिया युनिभर्सिटीले गरेको यस अध्ययनमा कोरोना भाइरस एन्टिबडी विश्लेषण गर्नका लागि संक्रमितलाई चार समूहमा विभाजन गरिएको थियो । पहिलो समूहमा अस्पताल भर्ना नभएका, तर कन्भिसेलेन्ट प्लाज्मा दिएका संक्रमित, दोस्रो समूहमा श्वासप्रश्वासको गम्भीर समस्या देखिएर अस्पताल भर्ना भएका संक्रमित, तेस्रो समूहमा मल्टी सिन्ड्रोम इन्फ्लेमेन्टरी सिन्ड्रोम देखिएका बालकालिका र चौथो समूहमा सिन्ड्रोम नभई अन्य सामान्य लक्षण र लक्षण नदेखिएका बालबालिका समावेश गरिएको थियो । अध्ययनमा प्रत्येक समूहका व्यक्तिमा एन्टिबडी उत्पादनमा सामान्यतया उस्तै रहेको पाइएको थियो । तर, बालबालिका र वयस्कमा एन्टिबडीको दायरा भने निकै फरक रहेको पाइयो । सामान्यतया बालबालिकामा भाइरसको सतहमा स्पाइक प्रोटिन पहिचान गर्ने आइजिजी नामक एन्टिबडी निर्माण भएको पाइएको छ । यसको विपरीत, वयस्कहरूमा स्पाइक र विभिन्न किसिमका एन्टिबडी निर्माण गरेको पाइयो, जुन तुलनात्मक रूपमा भाइरसविरुद्ध लड्न निकै बलियो मानिन्छ । 

संक्रमित बालबालिकामा न्युक्लियोक्याप्सिड वा एन आदि भाइरसका जेनेटिक मटेरियल पनि भेटिँदैनन् । सामान्यतया प्रोटिनहरू भाइरसको सतहमा मात्र भेटिने र शरीरको प्रतिरक्षा प्रणालीले एन्टिबडी निर्माण गर्ने गर्छ । बालबालिकामा भाइरसको लेभल पनि कम रहने हँुदा वयस्कको तुलनामा अन्य व्यक्तिमा सार्ने सम्भावना न्यून रहन्छ । 

विज्ञहरूका अनुसार शरीरमा उत्पादिन एन्टिबडीको प्रकार संक्रमणको समयमा फरक हुने गर्छ । फरक उमेरका बालबालिकामा भाइरसले कसरी असर पु¥याउँछ र शरीरले कसरी प्रतिक्रिया जनाउँछ भन्नेबारे विज्ञहरूका पनि फरक–फरक धारणा पाइन्छ । यसबारे भइरहेका अध्ययनहरूले हालसम्म सामान्य जानकारी मात्र दिएकाले पुष्टि गर्न थप अनुसन्धान आवश्यक भएको वैज्ञानिकहरू बताउँछन् । 

 

#कोभिड– १९ # एन्टिबडी # कोलम्बिया युनिभर्सिटी

सम्बन्धित सामग्री

कोभिड एन्टिबडी मानिसको शरीरमा 'कम्तीमा ६ महिना बस्छ' - BBC News नेपाली

एउटा अध्ययनका अनुसार शरीरमा जति धेरै एन्टिबडी भयो फेरि सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुने देखाएको छ।

बीबीसी नेपाली

कोरोना संक्रमणपछि शरीरमा उत्पादन हुने एन्टिबडिज लामो समयसम्म रहँदैन

काठमाडौं । कोभिड-१९ बाट संक्रमित भइसकेपछि शरीरमा उत्पादन हुने त्यसविरुद्धको एन्टिबडिज लामो समयसम्म नरहने र

बाह्रखरी

कोरोनाभाइरस सङ्क्रमणपछि एन्टीबडीमा 'तीव्र गतिमा कमी' - BBC News नेपाली

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।

बीबीसी नेपाली

कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी पत्ता लाग्यो

अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउन...

उज्यालो अनलाइन

कोरोना भाइरसविरुद्धको खोप

खोप भाइरसको निष्क्रिय रूप वा यसको जिन प्रोटिनबाट तयार गरिन्छ । खोप लगाएपछि स्वस्थ व्यक्तिको शरीरमा रोगसँग लड्ने एन्टिबडीको विकास हुन्छ । एकपटक एन्टिबडी सक्रिय भएपछि त्यो भाइरस हाम्रो शरीरमा प्रवेश गरे पनि शरीरले त्यसलाई चिन्छ अनि नष्ट गर्दछ । एकपटक खोप लगाएपछि त्यसले आजीवन काम गर्न पनि सक्छ, छोटो अवधि काम गर्न पनि सक्छ । छोटो अवधिमात्र काम गर्ने खोप उत्पादन भयो भने बुस्टर डोज दिनुपर्ने हुन्छ । खोप निर्माणका लागि विभिन्न चरण हुन्छन् जस्तै, प्रयोगशा

गोरखापत्र

नेपालमा कोरोनाका बिरामीमा प्लाज्मा थेरापीको अनुसन्धान गरिने

२२ असार, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा कोरोना संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिबाट उपचारबारे अनुसन्धान गर्ने भएको छ । निको भएर गएका बिरामीबाट उत्पादन भएको एन्टिबडी कोरोना संक्रमणपछि जटिल अवस्थामा परेका बिरामीमा राखेर उपचार …

अनलाइनखबर

कोरोना निस्तेज पार्न ‘एन्टिबडी’ को आशा

कोरोना भाइरस (कोभिड–१९)लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७डि११) वैज्ञानिकहरूले

नयाँ पत्रिका

प्रमकाे स्वास्थ्य सामान्य, बुधबार उपचार पूरा हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले मिर्गौलासम्बन्धी एन्टिबडी उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै ट्वीट गर्नुभएको छ ।

गोरखापत्र

प्रोटिन अनुसन्धान: तीन जनालाई २०१८ को नोबेल पुरस्कार

औषधीय गुण भएका विशेष एन्जाइम र एन्टिबडी उत्पादन गर्ने विधि विकास गरेका तीन वैज्ञानिकहरूलाई रसायनशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ।

बीबीसी नेपाली