वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा मङ्गलबार बिहान एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए। प्रहरीका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाको बहावले बगाएको थियो। घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङको […]
विध्वंशकारी भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनधनको अपूरणीय क्षतिका कारण यतिखेर समग्र मुलुक शोकग्रस्त छ । यही भदौ १० गते अचानक आएको भोटेकोशीको विनाशकारी बाढीले जनधनको कति क्षति ग¥यो भन्ने यकिन तथ्यांक आउन त समय लाग्ला नै, तैपनि राज्यका सम्बद्ध निकायहरुबाट अनुमानित तथ्यांक भने सार्वजनिक गरिएको अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]
Dhading. The government has started the work of repairing and reconstructing bridges to reconnect the local people on both sides of the Trishuli River, which were severely damaged by the heavy flood in the Bhote Koshi River in Rasuwa on Bhadra 10th.The flood damaged suspension bridges in various places in Nuwakot and Dhading, disrupting the daily commute of locals. With the damage to the bridges, locals are facing difficulties in crossing from one bank of the river to the other, and their movement to markets, schools, health institutions, and other essential services has also been affected.Bridge repair work has already...
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो । किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण थालिएको […]
काठमाडौँ । ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको घुइँचो लागेको छ। भाद्र शुक्ल पञ्चमीका दिन ऋषेश्वर मन्दिरमा पूजा तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ। ऋषि पञ्चमीमा महिलाहरूले बिहानै स्नान गरी दत्तिवनले दाँत माझ्ने तथा गोबर, माटो र खरानी प्रयोग गरेर शुद्ध हुने धार्मिक परम्परा रहेको छ। ऋषि पञ्चमीलाई […]