अमेरिका चुनाव : ट्रम्पले लगाए धाँधलीको आरोप, भने- 'सर्वाेच्च अदालत जान्छौँ'

काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् । 

‘खुलेर भन्दा यो चुनाव हामीले जितेका छौँ’, उनले दबिएको स्वरमा दाबी गर्दै भने । साथै उनले विना कुनै प्रमाण चुनावमा धाँधली भएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति चुनावको परिणाम आउँदै गर्दा ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै निकै ठूलो धोका भएको बताएका हुन् । 

‘यो हाम्रो देशको लागि लाजमर्दाे कुरा हो’, ट्रम्पले भने, ‘चुनाव परिणामसँग लड्नको लागि सर्वाेच्च अदालत जाने तयारीमा छौँ ।’

ट्रम्पले अघि थपे, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो मानिसहरुको मताधिकारसँग खेलवाड गरिरहेका छन् । टेक्सस, फ्लोरिडा, ओहायोमा हामीले चुनाव जितेका छौँ, उनीहरुलाई थाहा छ कि उनीहरु जित्न सक्दैनन्, त्यसैले यो विषयलाई सर्वाेच्च अदालत लैजान चाहन्छन् ।’

अहिले मतगणना भइरहँदा डाेनाल्ड ट्रम्प र जाे बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ । 

सम्बन्धित सामग्री

ट्रम्पकाे विज्ञप्ति : सत्ता हस्तान्तरण ‘व्यवस्थित रूप’ मा हुनेछ

काठमाण्डौ – अमेरिकी संसद् भवनमा आक्रमण र जो बाइडेन तथा कमला ह्यारिसको जितलाई संसदले प्रमाणित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ति निकाल्दै अमेरिकामा सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’मा हुने बताएका छन् । सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’ मा हुने बताए पनि ट्रम्पले चुनावमा धाँधली भएक...

उज्यालो अनलाइन

बाइडेनको जित रोक्न ट्रम्पले हालेको मुद्दा अमेरिकी सर्वोच्च अदालतबाट खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूलाई विजेता घोषणा गर्न मागसहित गरिएको मुद्दा अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएको छ। राष्ट्रपतिमा डेमोक्रेट्स उम्मेद्वार जो बाइडेनले जिते पनि ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै बिभिन्न स्थानमा मुद्दा दायर गरेका थिए। ट्रम्प अभियानले विभिन्न राज्यमा पुन मतगणना गर्नसमेत लगाएका थिए। मिसिगन, जर्जिया, पेन्सलभानिया र

पहिलो पोस्ट

बाइडेनले ट्रम्पलाई भने : अमेरिकी इतिहासकै गैर जिम्मेवार राष्ट्रपति

डोनाल्ड ट्रम्पले चुनावी पराजय अस्वीकार गरेको विषयलाईलिएर प्रेसिडेन्ट इलेक्ट जोय बाइडेनले भत्सर्ना गरेका छन्। साथै ट्रम्पको अभिव्यक्तिले गैरजिम्मेवार सन्देश दिएको बताए। ट्रम्पलाई आफू चुनावमा हार्छु भन्ने जानकारी भएकाले यस्तो व्यवहार प्रस्तुत गरिरहेको आक्षेप लगाए। ट्रम्पले चुनावमा धाँधली भएको भन्दै कानुनी उपचार खोजिरहेका छन्। उनले विभिन्न राज्यका विधायकहरुलाई ह्वाइटहाउसमा बोलाएर

पहिलो पोस्ट

अमेरिकी चुनाव : ट्रम्पले पहिले बाइडेनले जितेको भने, पछि आफ्नो ‘जितको घोषणा’ गरे

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट आफ्नो जितको घोषणा गरेका छन् ।  यद्यपि ट्रम्पले यसअघि पहिलाे पटक डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको जित स्वीकार गरेको देखिएकाे छ । तर पनि उनले राष्ट्रपतीय चुनावमा हार नमान्ने बताएका छन् ।   उनले ...

उज्यालो अनलाइन

चुनावमा धाँधली भएको छैन : अमेरिकी संघीय निर्वाचन आयोग

काठमाण्डाै - अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै पनि धाँधली नभएको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ । संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको प्रतिक्रिया दिनुभएको हो । तर, राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हाल्नुभएको छ । नोभे...

उज्यालो अनलाइन

धाँधली भयाे, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गर्नु भएको छ । करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गर्नु भएको छ । उहाँले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताउनुभयो ।

गोरखापत्र

डेमोक्रेटसले धाँधली गर्न थाले, मतदान सकिएपछि भोट हाल्न पाइँदैन : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरेको बताएका छन् । उनले

बाह्रखरी

यी आठ देशका नागरिक जो अमेरिका जान पाउँदैनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ ।  राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ ।  राष्ट्रपति ट्रम्पले गएको वर्ष न...

उज्यालो अनलाइन