छोटकरीमा : आज- २०७७ कार्तिक १८, मंगलबार

आज कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन, नेकपा विवादबीच राष्ट्रपतिको प्रवेश, भिटेनलाई पक्राउ नगर्न अदालतको अन्तरिम आदेश, नेपालको कुनै पनि भूमि नमिचेको चीनको दाबी, भियना आक्रमणमा पाँचको मृत्यु लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।



मंगलबार ३,११४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,७९,६१४ पुगेको छ भने मृत्यु हुनेको संख्या १,००४ पुगेको छ। हालसम्म नेपालमा १,४१,११४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: ११,१६६ => Recovered Today: ३,१४२

सम्बन्धित :



अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ। कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बीमालेख अनुसार रकम बिमितहरुलाई भुक्तानी गर्न भनिएको हो।



नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चिन्ता र चासो व्यक्त गरेकी छिन् । मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै भूमिका खेल्न आग्रह गरेकी छिन् ।



 भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूल टिप्न र माला उन्न स्थानीय महिलाहरुलाई यतिबेला भ्याइनभ्याइ छ । काठमाडौं, ललितपुर र स्थानीय व्यापारीहरु मखमली फूलको माला हेर्दै मोलमोलाइ गर्न ब्यस्त देखिन्थे । गुन्डुमा वर्षेनी मखमली फूलको खेती गरिँदै आएको छ ।



सर्वोच्च अदालतले कोरोना महामारी फैलनबाट रोक्न विभिन्न सुरक्षा उपायसहित बहसमा आउन कानुन व्यवसायीलाई आग्रह गरेको छ । मंगलबार सूचना जारी गर्दै सर्वोच्चले अदालत सञ्चालन हुँदा त्यहाँबाट कोरोना संक्रमण फैलन नदिन सुरक्षासहित सेवा प्रवाह गर्ने जनाएको हो ।



उच्च अदालत पाटनले समिर लामा 'भिटेन'लाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ। भिटनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका थिए।



 अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच अर्थ मन्त्रालयमा भेट वार्ता भएको छ । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।



भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताएका छन् । 

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिने क्रमना उनले यो बताएका हुन् । उनी नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन् । 



ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको हकअधिकार र समानताका लागि सक्रिय ६३ वर्षीय गजेन्द्र इस्बोको मंगलबार बिहान निधन भएको छ ।

तीन वर्षदेखि छालाको क्यान्सरसँग जुधिरहेका इस्बोको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहका दीर्घरोगी उनलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।



कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा नेता केसीले उल्लेख्य योगदान पुऱ्याएको भन्दै निधनप्रति दुःख व्यक्त गरेको हो ।



 चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्‍याएको छ।  द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै उक्त समाचारको खण्डन चीनले गरेको हो



जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन’ विभूषण प्रदान गर्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार पाण्डेलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत उक्त विभूषण प्रदान गर्ने भएको हो ।



काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको विकास, योजना, नीति निर्माण र कार्यान्वयनका सम्बन्धमा अध्ययन, अनुसन्धान गर्न १० जनालाई ‘मेयर रिसर्च फेलोसिप’ प्रदान गरेको छ । 

यस वर्ष फेलोसिपमा प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनीषमान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपीकृष्ण ढुंगाना छनोट भएका छन् ।



मुम्बई प्रहरीले बलिउड अभिनेत्री कंगना रनौट र उनकी दिदी रंगोली चंदेललाई बयानका लागि हाजिर हुन बोलाएको छ । उनीहरुलाई नोभेम्बर १० भित्र हाजिर हुन भनिएको हो । न्यूज एजेन्सी एएनआईले यसबारे ट्विट गर्दै जानकारी दिएका हुन् । 

कंगनाविरुद्ध मुम्बईको बान्द्रा प्रहरी वृत्तमा उजुरीपछि मुम्बई प्रहरीले समन (बयानका लागि प्रहरी वृत्त बोलाएको पत्र) पठाइएको हो ।



तिहार बिदा सकिएलगत्तै देशभरका अदालतबाट सबै कामकारबाही सुुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही महिनायता सर्वोच्च अदालतबाट निश्चित मुद्दाको मात्रै सुनुवाइ हुने गरेको थियो ।



भारतको बिहार राज्यमा मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद् सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । मतदान स्थानीय समयअनुसार बिहान ७ बजे सुरु भएको होे । 



अष्ट्रियाको राजधानी भियनामा स्थानीय समयअनुसार सोमबार भएका विभिन्न आतंकवादी आक्रमणमा पाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका थिए ।



गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । 

उपत्यकालगायत देशका विभिन्‍न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्‍जाल विस्तारलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताए । 



जबरजस्ती धर्म परिवर्तन गराएर र विवाह गराएकी एक क्रिश्‍चियन किशोरीलाई पाकिस्तान प्रहरीले उद्धार गरेको छ । १३ वर्षीया क्रिश्‍चियन किशोरीलाई करिब एक महिनापछि उद्धार गरिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।



 अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार काबुल युनिभर्सिटीमा आक्रमण हुँदा कम्तिमा पनि १९ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानले तीन बन्दुकधारी युनिभर्सिटी परिसरमा प्रवेश गरेपछि क्याम्पसमा भागदौड मच्चिएको बताए ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक