आज नेकपा संकट र तत्कालिन कार्यदल सदस्यहरूको राय, मधेशमा पिटीएको पिटीयै दलित समुदाय, प्रहरीलाई छैन सातामा एक दिन पनि छुट्टी, न्युजिल्याण्डको मन्त्रीपरिषद विस्तार,मत सर्वेक्षण बाइडन अघि लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।
सोमबार २,९३३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,७६,५०० पुगेको छ भने मृत्यु हुनेको संख्या ९८४ पुगेको छ। हालसम्म नेपालमा १,३७,९९२ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: १३,४४६ => Recovered Today: ३,१५०
समबन्धित :
गत असारमै झन्डै फुटसम्म पुगेको पार्टीलाई बचाउन सहमतिको प्रतिवेदन बनाउने तत्कालीन ‘समस्या समाधान सुझाव कार्यदल’ सदस्यहरुले नेकपाभित्र उत्पन्न पछिल्लो तनाव चिन्ताजनक मात्रै नभएर देश र पार्टीको हितविरुद्ध रहेको बताएका छन् ।
आफूहरुको सुझावअनुसार भदौ २६ मा सहमतिमा टुंगिएको स्थायी कमिटी बैठकका निर्णय कार्यान्यवनलाई लिएर फेरि पार्टी विभाजनसम्मका गतिविधि र अभिव्यक्ति आउनु अस्वभाविक र विडम्बनापूर्ण भएको उनीहरुको भनाइ छ ।
कांग्रेसको सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन सकेन ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएका थिए ।
स्वास्थ्य सेवा कार्यालयमा किट नहुँदा शंकास्पद बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्न समस्या भएको छ । दुई दिनभित्र किट नआए दैलेखको पीसीआर ल्याब नै ठप्प हुने कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीलाई यातायात खर्च बापत मासिक १२ हजार रुपैयाँ पाउने निर्णय गरेपछि बर्दिया जिल्लामा जनप्रतिनिधिहरुले धमाधम मोटरसाइकल फिर्ता गर्न थालेका छन् ।
यसअघि पालिकाहरुले जनप्रतिनिधिलाई यातायात सुविधाका लागि मोटरसाइकल र स्कुटी खरिद गरेको थियो ।
नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्या आरोपित थप एकजना पक्राउ परेका छन् । गत कात्तिक ६ मा नेकपाको विन्दवासिनी गाउँपालिकाको गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगन्जको एक निजी अस्पतालमा मृत्यु भएको थियो ।
अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ ।
सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
जनप्रतिनिधिकै संलग्नतामा दलित भएकै कारण निर्घात कुटपिटका घटना हुँदा पनि दोषीलाई कारबाही गर्न प्रहरीले उदासिनता देखाउँदै आएको छ । कतै सार्वजनिक पोखरीमा माछा मार्ने निहुँमा त कतै राहत माग्दा दलितमाथि कुटपिट भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उहाँको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका हुन् ।
देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागु गर्दै बुधबारदेखि पर्यटक बससेवा सुरु हुने भएको छ ।
प्रहरीमा तल्लो तहका कर्मचारीले सातामा एकदिन पनि छुट्टी नपाएको गुनासो गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषद् घोषणा गरेकी छिन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्वअर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफू समलिंगी भएको बताउँदै आएका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभारसमेत दिइएको छ ।
मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
भारतको नैनीतालस्थित शेरवुड स्कुलका नेपाली विद्यार्थी शान प्रजापतिको मृत्युका लागि जिम्मेवार ठानिएका स्कुलका प्रिन्सिपल अमनदीप सन्धु आर्थिक अनियमितताको आरोपमा निलम्बित भएका छन् ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन ३ नोभेम्बरमा हुँदै छ । अहिलेसम्मको सर्वेक्षणमा डमोक्रेटिकका प्रत्याशी जो बाइडेन डोनाल्ड ट्रम्पभन्दा अगाडि नै छन् । यसपटकको चुनावी अभियानमा रिपब्लिकन तथा डेमोक्रेटिकले विभिन्न शैलीमा प्रचारप्रसार गरेका थिए । मतदातालाई प्रभाव पार्न चुनावसँग सम्बन्धित सामग्री दुवै उम्मेदवारले प्रयोग गरेका छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड १९ को उपचार नि:शुल्क गर्न आदेश गरेपनि स्वास्थ्यमन्त्री ढकालले कार्यान्वयन नगरेको भन्दै निवेदन दर्ता भएको हो ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वासथ्यमन्त्री ढकाललाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । रिट दर्ता हुँदा प्रधानमन्त्री ओलीको नाम भने हटाइएको छ ।