छोटकरीमा : कार्तिक ०९ गतेदेखि कार्तिक १६ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (कार्तिक ०९- कार्तिक १६ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण गतिविधिहरू एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना महामारीका कारण गरिएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य भएको छ । 

यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्दा लामो भएको अधिकारीहरूले बताएका छन् । 



बंगलादेशमा दशौँ हजार मुलसमान फ्रान्सेली सामानको बहिष्कारको समर्थनमा सडकमा उत्रेका छन्। 

फ्रान्सको शार्ली शाब्दो पत्रिकाले मुसलमान धर्मका प्रवर्द्धक मोहम्मद पैगम्बरको कार्टुन छापेको विषयलाई फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले समर्थन गरेपछि मुलसमान बहुल राष्ट्रले त्यसको विरोध गरेका हुन्। 



भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ । पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् ।



रोना महामारीको पहिलो चरणमा विश्वभर नियन्त्रणको उपायका रुपमा सुरु भएको लकडाउन फेरि संक्रमण दर बढ्दै गएपछि विभिन्‍न मुलुकहरु देशव्यापी लकडाउनमा फर्किएका छन् ।

युरोपका दुई ठूला अर्थतन्त्र भएका मुलुक फ्रान्स र जर्मनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै देशव्यापी लकडाउनमा जाने निर्णय गरेका छन् । फ्रान्समा शुक्रबारदेखि देशव्यापी लकडाउन हुने भएको छ।



 फ्रान्सको नाइस सहरमा भएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको फ्रेन्च प्रहरीले बताएका छन । नाइसका मेयर क्रिस्टियन इस्टरोसीले सहरको मुख्य क्षेत्र नोट्रे-डामे बसिलिकाको घटनाको सबै कुराले 'आतंककारी आक्रमण' भएको संकेत गरेको बताएका छन् । 



दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले घुस लिएको तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । 



'एक्सट्र्याक्सन' र 'अटोमिक ब्लन्ड'का निर्माता डेभिड गिल्डलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई लस एन्जलस प्रहरीले पक्राउ गरेको हो ।यसअघि बलात्कार तथा अन्य अपराधको आरोप लागेका गिल्डलाई बुधबार राति प्रहरीले पक्राउ गरेको 'हलिउड रिपोर्टर'ले उल्लेख गरेको छ ।



 लामो समयको प्रतिक्षापछि टिभी सिरिज ‘मिर्जापुर २’ हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । रिलिज पश्चात नै सामाजिक सञ्‍जालदेखि सञ्‍चारमाध्यमसम्म चर्चा भइरहेको छ । यसैबीच यसको एक सिनलाई लिएर निर्माता टिम विरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघन गरेको आरोप लागेको छ । 



अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेट उमेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा भविष्यमा चिनियाँ सामग्रीमा लगाइने करका विषयमा मुख्य सहयोगी राष्ट्रहरुसँग तत्काल परामर्श गर्ने उनका वरिष्ठ सल्लाहकारले बताएका छन् । चीनविरुद्ध आफूलाई बलियोरुपमा स्थापित गर्न 'सामूहिक लाभ' का बारेमा मुख्य सहयोगी राष्ट्रहरुसँग परामर्श गर्ने सल्लाहरकारले बताएका हुन्छ । 



 बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट दैनिक झन्डै एक लाख मानिस संक्रमित भइरहेको एउटा अध्ययनले देखाएको छ ।इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनले बेलायतमा महामारीको गति तीव्र रुपमा बढिरहेको र प्रत्येक ९ दिनमा यो संख्या दुई गुणाले बढ्ने गरेको उल्लेख छ । 



फोटोहरू राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने भएको छ । 

यसअघि एक घन्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोराले कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु 'लगभग केही पनि नभएको' बताएका छन् । 

उनले बिहीबार फक्स न्युजसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संयुक्त राज्य अमेरिकाभर बिहीबार एकैदिन एक हजार ४९ कोरोना संक्रमितको मृत्यु भउको कोभिड ट्र्याकिङ प्रोजेक्टले जनाएको छ । 



टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले जनाएका छन् । भूकम्पको धक्का छिमेकी देशहरूमा समेत महसुस भएको उल्लेख छ । 



फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी आएको छ । २२५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको 'टाइफुन गोनी'ले भयानक आँधी र अत्यधिक वर्षा गराएको छ। 

हालसम्म चारजनाको मृत्यु भइसकेको सूचना प्राप्त भएको बीबीसीले जनाएको छ । घरहरु भत्किएका छन् भने सडकहरुमा बाढी पसेको छ । 



क्यानडाको क्युबेक सहरमा एक तरबारधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । मध्यकालीन लुगा लगाएका ती व्यक्तिको आक्रमणमा अन्य पाँचजना घाइते भएको प्रहारीले जानकारी दिएको छ । 

उक्त घटनाको केही समयपछि ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति २० वर्षका रहेको पाइएको छ ।



फ्रान्सको सहर लियोमा गोली चल्दा एक ग्रिक अर्थोडक्स पादरी सख्त घाइते भएका छन् । गोली प्रहारपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यहाँको प्रहरीले घटनामा संलग्‍न रहेको आशंकामा एकजनालाई भने पक्राउ गरी हिरासतमा राखेको बीबीसीले समाचारमा जनाएको छ । 



सरदार बल्लभभाइ पटेलको १४५औं जयन्तीका अवसरमा गुजरातको केवडियामा भव्य कार्यक्रमको आयोजना भएको थियो। 

कार्यक्रममा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदी पनि सहभागी रहे । कार्यक्रममा सहभागी हुनुअघि प्रधानमन्‍त्री मोदीले स्ट्याचु अफ युनिटीमा पुगेर पुष्पाञ्‍जली अर्पण गरेका थिए ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक